क्यान्सर जितेकी गायिका देबिका बन्दनाको ‘जित्नेको हासो’को समिक्षा

क्यान्सर जितेकी गायिका देबिका बन्दनाको ‘जित्नेको हासो’को समिक्षा
1 0
Read Time:2 Minute, 50 Second

बुटवल । विभिन्न भाषाका १ हजार भन्दा बढी गितहरुमा आफ्नो स्वर दिएकी गायिका देबिका बन्दनाको जीवन कथामा आधारित पुस्तक जित्नेको हासोको बुटवलमा समिक्षा गरिएको छ।
स्तनक्यान्सर जितेकी बन्दनाले क्यान्सर लागेको थाहा पाउँदा देखि उपचार सफल हुदासम्मको घटनालाई समावेस गरेर निकालेको पुस्तकको समीक्षा गरिएको हो।
बन्दनाले कार्यक्रममा बोल्दै आत्मविश्वास भएमा र रोगको पहिचानबाट क्यान्सरलाई निको पार्न सकिने भएकोले सानो समस्या नै देखिएपनी सचेत हुन आग्रह गरिन। उनले मैले जुत्छु भन्ने आत्मविश्वास राखेकोले आफू सफल भएको बताइन।
शनिबार बुटवलमामा आयोजना गरिएको समिक्षा कार्यक्रममा समिक्षक ऋषि आजादले प्रस्तुती राखेका थिए। उनले पुस्तकमा भएका कुराहरूको बारेमा उल्लेख गरेका थिए।उनले लेखकले लेखेपनि आफ्नो भावभन्दा पनि देबिका बन्दनाको बिसुद्ध लेखन जस्तै भाव आएको बताए।
निल हिरा समाजकि क्यान्सर जितेकि आनिक रानाले क्यान्सरलाई आत्मविश्वासले जित्न सकिने बताउदै जितेको खुसी संगै जिन्दगीभर यसको पीडा भने मनमा रहने बताइन।
अङ्ग्रेजी र नेपाली भाषामा प्रकाशीत पुस्तक नेपालीमा जित्नेको हासो र अङ्ग्रेजीमा विनर्स गेल नाममा बजारमा पुस्तक आएको हो।
यो पुस्तक बैशाख १४ गते काठमाडौमा महजोडि मदनकृष्ण श्रेष्ठ र हरिबन्स आचार्यले बिमोचन गरेका थिए। पुस्तकको नेपाली सस्करण चिरन बराल र अङ्ग्रेजी सस्करण माधव पौडेलले तयार पारेका हुन। पुस्तक ५०० रुपैया प्रतीपिस मुल्य तोकिएको छ।
किताबको बिक्रिबाट उठेको रकमलाई क्यान्सर पीडितको उपचारमा प्रयोग गरिने बन्दनाको भनाइ छ।
समिक्षा कार्यक्रममा लेखक चिरन बराल, अङ्ग्रेजी अनुबादक माधव पौडेल, बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जीवन ओझा, नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष बिश्वास ढकाल, सुमन श्रेष्ठ लगायतले बोलेका थिए।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %