मनोक्रान्तिका अभियान्ता योगी विकासानन्द बुटवल आउदै
बुटवल । मोनोक्रान्ति नेपालका अभियान्ता डा. योगी विकासानन्द बुटवलमा आउने भएका छन् । यहि जेठ १३ गते बुटवलमा आयोजना हुने ध्यान, साधना, योग लगायतका विविध विषयमा कार्यक्रम गर्ने गरी विकासानन्द बुटवलमा आउन लागेका हुन । विहान देखि साँझ सम्म एक दिन बुटवल योगीकुटीमा रहेको होटल फेमिङ्ग मा आयोजना हुने शिविरको तयारी पुरा भएको विश्व परिवार विकासानन्द फाउन्डेसन बुटवलका संयोजक लिला गौतमले जानकारी दिईन । बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी संयोजक गौतमले डा. विकाशानन्दले विहान देखि साँझ शनि जेठ १३ गते शनिवार उक्त योग, ध्यान, ज्ञानको शिविर आयोजना गर्ने छन् । शनिवार आयोजना गरिएको उक्त शिविरमा सहभागीताका लागि ५ सय रुपैयाँको टिकट व्यवस्थापन गरिएको छ । शिविरमा सहभागीहरुको लागि सोही टिकट बाट नै खाना, खाजाको प्रबन्ध गरिएको छ ।
योगी विकासान्द बुटवलमा यस्तो प्रकृतिको कार्यक्रममा पहिलो पटक आउन लागेका हुन । विश्व परिवार विकासानन्द फाउन्डेसन रुपन्देहीमा१०० भन्दा बढि सदस्यहरु आवद्ध रहेका छन् । दुई चरणमा आयोजना हुने शिविरमा विहान देखि दिउँसो योगा, ध्यानको कार्यक्रम राखिएको छ भने दिउँसो देखि साँझको मनोक्रन्तिको विषयमा प्रबचनको कार्यक्रम राखीएको संयोजक गौतमलले जानकारी दिईन । कार्यक्रममा १ हजार भन्दा बढिको सहभागीता अपेक्षा गरिएको छ ।

लेखकको सम्वन्धमा