बुटवलको ह्वाईट रोज एकेडमी बोडीङ्ग स्कुलले ७० लाख नतिरेको भन्दै रोमलाल भुसाल मिडियामा, सञ्चालक फरार भएपछि समस्या
बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको ह्वाईट रोज एकेडमी बोडीङ्ग स्कुलले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का रोमलाल भुषालको ७० लाख रुपैयाँ नतिरेको पाइएको छ ।
वि.स. २०७५ साल पुस महिना देखि बैशाख महिना सम्ममा पटक पटक नगद र चेक मार्फत ह्वाईट रोज एकेडमीका सञ्चालक विनोद ज्ञवालीलाई भुषालले ७० लाख रुपैयाँ दिएका थिए ।
उनले आफुलाई एकेडमीको शेयर सदस्य बनाउने भन्दै भवन निर्माणको लागि रकम लगेको तर हाल सम्म पनि उक्त रकम भुक्तानी नगरेको कारण अन्यायमा परेको बताएका छन् ।
भुषालले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी एकेडमीबाट १० लाख रुपैयाँ मात्रै फिर्ता पाएको तर अन्य रकम ५ बर्ष सम्म पनि नपाएको भन्दै आफु अन्यायमा परेको गुनासो गरेका हुन ।
ज्ञवालीले स्कुलको सियर सदस्य बनाउन नखोजेको र पटक पटक रकम दिने भनेर भाका सादै आएको हाल ज्ञवाली एकाएक सम्पक बिहीन भएपछी आफु मिडीयामा आउन बाध्य भएको बताएका छन ।
एकेडमीमा हाल २ जना सञ्चालक रहेकोमा मुख्य सञ्चालक विनोद ज्ञवाली भने फरार रहेका छन् ।
उनी संगै सञ्चालक रहेकी संगीता देवी शर्माले अहिले विद्यालय सञ्चालन गरिरहेकी छिन् ।समाचार स्रोतका अनुसार विद्यालयको आर्थिक अवस्था दुरावस्था भएको भन्दै बंैकले विद्यालय नै लिलामी निकाल्ने समेत तयारी गरिएको पाइएको छ । विद्यालयमा हाल २०० भन्दा बढि विद्यार्थीहरु रहेका छन् ।
कक्षा १० सम्म अध्यापन गराउदै आएको विद्यालयका सहायक प्रधानाध्यापक तथा सञ्चालक समेत रहेकी संगीता देवी शर्माले आफ्नो विद्यालयले रोमलाल भुषालबाट कुल ७५ लाख रकम लिएको र त्यो बापत केही व्याज समेत दिएको बताईन हाल ५१ लाख रुपैयाँ भुसाललाई दिन बाकी रहेको बताईन । भुसालबाट लिएको रकम मध्य हाल सम्म २२ लाख रुपैयाँ जती भुक्तानी गरेको बताईन ।
उनले भनिन्,’पैसा लिएको हो हामी २ जना पार्टनर भएको र एकजना सम्पक बिहीन भएकाले मेरो हिस्सामा रहेको आधा रकम मेरो जग्गाको फुकुव हुँदा वित्तीकै बेचविखन गरी तिर्ने छु, बाँकी मेरो पार्टनर अहिले सम्पर्कमा हुनुहुन्न, म नै ठुलो समस्यामा रहेको छु ।’
उनले विद्यालयले लिएको रकम र नीज भुषाललाई प्रदान गरेको रकमको विवरण सबै आफुसंग सुरक्षित भएको भन्दै जग्गा बेच विखन गरेर वा अन्य विभिन्न स्रोत बाट रकम जम्मा गरेर उक्त रकम भुक्तानी गर्ने प्रतिवद्धता समेत जनाईन ।
पिडीत भनिएका भुषाल संगै सञ्चालक द्वय विनोद ज्ञवाली र संगीतादेवी शर्माले दुई वटा तमसुख गरी कुल ६३ लाख ३५ हजार रुपैयाँ लिएको तमसुक गरेका छन् । उक्त तमसुक वडा कार्यालयबाट समेत प्रमाणित गरिएको छ ।

लेखकको सम्वन्धमा