तिलोत्तमा जानकिनगरमा रक्तदान, ७० पिन्ट रगत संकलन

तिलोत्तमा जानकिनगरमा रक्तदान, ७० पिन्ट रगत संकलन
0 0
Read Time:3 Minute, 53 Second

बुटवल ।स्वस्थ रगत सबैका लागि भन्ने उद्देश्यका साथ स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखा र ग्लाेबल ओरियन्स नेपाल जानकीनगरको संयुक्त आयोजनामा तिलोत्तमा ३ जानकीनगरमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ७० जनाले रक्तदान गरेका थिए।समाज तिलोत्तमा शाखाका अध्यक्ष गाेविन्द भुसालको अध्यक्षता, तिलोत्तमा वडा नं. ३ का वडाध्यक्ष कल्याण पाैडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्री, नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाका सल्लाहकार तथा नेपाल रेडक्रस सोसाइटी मणिग्राम उप-शाखाका सभापति टेकबहादुर थापा, ग्लाेबल ओरियन्स नेपाल जानकीनगरका इन्चार्ज दिपक शाह लगायतले बाेल्दै रक्तदान जस्तो पवित्र दान जीवनमा अरु केही हुन नसक्ने भएकाले यस्तो कार्यमा सदैब लाग्नुपर्नेमा जाेड दिए।
काठमाडौं बालाजुमा केन्द्रीय कार्यालय रहेकाे ग्लाेबल ओरियन्स नेपालकाे देशभर २५ वटा शाखा रहेको छ । सामाजिक गतिविधिमा समेत सक्रिय रहने उद्वेश्यले रक्तदान कार्यक्रम गर्न रक्तदाता समाजसँग जाेडिएकाे इन्चार्ज दिपक शाहले बताए ।
तिलाेत्तमाकाे जानकीनगरमा रहेको शाखाले स्वास्थ्य, समृद्धि र खुशीका लागि स्वास्थ्य सामग्रीहरु बजारमा लिएर आएकाे इन्चार्ज शाहले बताए ।
धेरैजसो प्रथम पटक रक्तदान गरिरहेका रक्तदाता र २५ जना भन्दा बढी महिलाले रक्तदान गरेको उक्त कार्यक्रम रक्त सञ्चार सेवा इकाई भैरहवाको प्राविधिक सहयोग र तिलोत्तमा शाखाका आजीवन सदस्य विष्णु भण्डारीकाे संयाेजनमा सम्पन्न भएकाे थियाे ।
कार्यक्रमका वडाध्यक्ष कल्याण पाैडेलले बिरामीलाई आवश्यक रगत स्वयंसेवी रक्तदाताले दिँदै आएकाे र रगतमा लाग्ने व्यवस्थापन शुल्क स्थानीय सरकारले व्यहाेर्ने कार्यकाे थालनी भइसकेको जिकिर गर्दै हरेक स्वस्थ युवाले नियमित रक्तदान गर्नुपर्नेमा जाेड दिए ।
तिलाेत्तमा शाखाका सल्लाहकार टेकबहादुर थापाले विभिन्न जिल्लाबाट ग्लाेबल ओरियन्स नेपालमा आवद्ध रहेका प्रशिक्षार्थीहरुकाे सहभागीताले नेपाल स्वयंसेवी रक्तदाता समाजकाे पहुँच थप अन्य जिल्लामा पुर्‍याउन मद्दत पुग्ने बताए।
तिलाेत्तमा शाखा स्थापनाकाे २५ महिनामा याे २५ ओैँ मासिक रक्तदानकाे श्रृङ्खला सम्पन्न गरेकाे शाखाका उपाध्यक्ष अञ्जु पाैडेलले बताइन् ।
कार्यक्रम तिलोत्तमा शाखाका वरिष्ठ उपाध्यक्ष पुर्णचन्द्र सुवेदीको स्वागत तथा महासचिव सागर पाठकको सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %