चर्चाका समाचारहरु

उत्पत्तिको प्रमाणपत्र वितरण हस्तान्तरण ,निकासी प्रर्वद्धनमा थप टेवा पुग्ने विश्वास

उत्पत्तिको प्रमाणपत्र वितरण हस्तान्तरण ,निकासी प्रर्वद्धनमा थप टेवा पुग्ने विश्वास
0 0
Read Time:4 Minute, 4 Second

बुटवल ।रुपन्देही व्यापार संघले आफु यस क्षेत्रबाट निकासीका लागि प्राप्त उत्पत्तिको प्रमाणपत्र वितरण अधिकारलाई व्यवसायीहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालमा उत्पादित सामाग्री भारत निकासी गर्न आवश्यक स्वीकृतीका लागि प्रक्रिया पुरा गर्न प्रदान गरिने अधिकार उत्पत्तिको प्रमाणपत्र दिने काम संघले रुपन्देही व्यापार संगठनसंग सहकार्य गरि अगाडी बढाउने लक्ष्य र सहमति अनुसार प्रमाणपत्र वितरण गरिएको हो ।

संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संगठनका अध्यक्ष अनिल ज्ञवालीलाई एक समारोहकावीच मंगलवार बुटवलमा प्रमाणपत्रहरु हस्तान्तरण गर्नु भएको थियो । दुई संस्थावीच यस क्षेत्रमा उत्पत्तिको प्रमाणपत्र दिने काम संयुक्त रुपमा गर्ने समझदारी भएको छ ।

त्यस अवसरमा बोल्दै रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले व्यवसायीक गतिविधि अगाडी बढाउन र निकासी प्रर्वद्धनका लागि उत्पत्तिको प्रमाणपत्र वितरण गर्न पाउनु संस्थाको लागि निकै महत्वपूर्ण क्षण भएको बताए ।

उनले केही सिमित संस्था र समुहलाई प्राप्त सो अधिकार अन्यले पनि पाउन सक्नु संस्थागत स्थायित्वको प्रमाण भएको बताउदै अबा त्यसलाई व्यवसायीहरुले सरल र सहज रुपमा धेरैभन्दा धेरै प्रयोग गर्ने बातावारण सिर्जना गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल चेम्वर अफ कर्मर्शका केन्द्रीय सदस्य टंकप्रसाद पोखरेलले चेम्वरमा आवद्ध व्यवसायीक संघसंस्थाहरुलाई वलियो र व्यवसायीक हितमा काम गर्न उत्प्रेरित गर्नका लागि यो अधिकार दिएको बताए । उनले त्यसलाई यस क्षेत्रका उद्योगी व्यवसायीहरुको हितमा उपयोग गर्न सुझाव दिए ।

रुपन्देही व्यापार संगठनका अध्यक्ष अनिल ज्ञवालीले केही संस्थाहरुले अन्य संस्थाहको अस्तीत्वलाई अस्विकार गर्ने प्रवृतिलाई तोडने काम उत्पत्तिको प्रमाणपत्रमाथि एकाधिकारको अन्त्यले गरेको धारणा राख्दै त्यसको सहि सदुपयोग गर्ने प्रतिपद्धता व्यक्त गरे ।

संगठनका निवर्तमान अध्यक्ष नारायण भण्डारीले यस क्षेत्रका उद्योगी व्यवसायीहरुले सहज रुपमा आफ्ना उत्पादन भारत पठाउन सक्ने अवस्था सिर्जना गर्ने काममा रुपन्देही व्यापार संघ र रुपन्देही व्यापार संगठनले एतिहासिक अधिकार प्राप्त गरेको भन्दै खुशी व्यक्त गरे ।

संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले लामो प्रयासपछि मात्र उत्पत्तिको प्रमाणपत्र दिने अधिकारी पाएको उल्लेख गर्दै अब त्यसलाई बढीभन्दा बढी प्रयोग गर्ने जिम्मेवारी काधमा आएको धारणा राखे । कार्यक्रम संघका सचिव फर्सुराम पन्थको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीको स्वागतमा भएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %