गरिबी नियन्त्रणमा दलहरू लाग्नुपर्छ, कांग्रेसले यही मुद्दा बोकेको छ : खाँण
तिलोत्तमा। नेपाली कांग्रेसका तर्फबाट रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदका उम्मेद्वार रामकृष्ण खाँणले अब राजनीतिक दलहरू देशमा रहेको गरिबी नियन्त्रणमा लाग्नुपर्ने बताएका छन् । उनले नेपालमा धेरै जनताहरू गरिबीको रेखामुनि रहेको अवस्थामा नेपालका राजनीतिक दलहरूले यो मुद्दामा काम गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस तिलोत्तमा ३ ले आयोजना गरेको उम्मेद्वार परिचय तथा पार्टीको अवस्थाको बारेमा छलफल कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रूपन्देही सभापति समेत रहेका रामकृष्ण खाँणले अब राजा फर्काउने लगायतका अन्य मुद्दाहरूको कुनै काम नभएको तर्क गरे । उनले भने,‘ हामीले राणा फाल्यौँ, पञ्चायत फाल्यौँ, राजसंस्था फाल्यौ, अब राजाका मुद्धा बोकेर केही फाइदा छैन्, जनताका आवश्यकताका मुद्दा बोक्नुपर्छ, यो काम कांग्रेसले मात्रै गर्छ, म मेयरको उम्मेद्वार हुँदा पनि यो मुद्दालाई नै बोकेर अगाडि बढेको छु।’
एमाले नेतृत्वको सरकार तीनै तहमा बनेपनि कुनै काम हुन नसकेको बताउँदै अब कांग्रेसलाई पहिलो पार्टी बनाउन आग्रह गरेका थिए । नेपाललाई गरिबीको रेखामुनि जान नदिन कांग्रेसले निकै पहल गरेको बताउँदै अब एकपटक तीनै तहमा कांग्रेसको सरकार बनेर पहिलो पार्टि हुने बताए ।
उनले आफूले जितेसँगै गरिबीको रेखामुनि रहेका ब्यक्तिहरूको तथ्यांक शंकल गरि गरिबी हटाउने खालका कामहरू गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले तिलोत्तमा तथा देशका धेरै स्थानमा गठबन्धन रहेको बताउँदै गठबन्धनलाई पूणर् रुपमा पालना गर्दै उम्मेदवारहरूलाई बिजयी बनाउन आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व वडाअध्इक्ष उदय ब गुरुङ, नेपाली कांग्रेस तिलोत्तमा ३ सभापति, केशरी पाण्डे, कांग्रेस तिलोत्तमा ३ सचिव दिनेश सुबेदी लगायतले बोलेका थिए ।
७१ जना एमाले छाडेर कांग्रेस प्रवेश
तिलोत्तमा नगरपालिका ३ मा ७१ जना युवायुवतीहरू नेकपा एमाले सहितका पार्टी छाडेर नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेसले देश बदल्ने योजना सहित अगाडि बढेको र तिलोत्तमामा सर्वोत्कृष्ट घोषणापत्र सहित उम्मेद्वार आएकोले पार्टी प्रवेश गरेको नवप्रवेशीहरूले बताएका थिए ।
नवप्रवेशीलाई तिलोत्तमा नगरपालिकाको मेयर पदका उम्मेद्वार एवं नेपाली कांग्रेस रूपन्देही सभापति रामकृष्ण खाँणले पार्टी सदस्यता दिँदै पार्टि प्रवेश गराएका हुन् । उनले युवापुस्ताहरुको रोजाईको पार्टी कांग्रेस भएको बताउँदै तीनै तहका सरकारकामा नेपाली कांग्रेस बिजयी हुने दाबी गरे ।

लेखकको सम्वन्धमा