आठाै नगर स्तरीय क्रिकेट मेयर कप बैशाख २५ गते देखि हुने
कपिलवस्तु । आठाै नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता बैशाख २५ गते देखि ३० गते सम्म हुने कपिलबस्तु नगरपालिकाले जनाएको छ ।
राष्ट्रको लार्गि खेलकुद ’ देशको लार्गि खेलकुद’ भन्ने मुल नारा सहित आठाै नगर स्तरीय मयेर कप क्रिकेट प्रतियोगिता हुन लगेको कपिलबस्तु नगरपालिका नगर प्रमु्ख सुदिप पौडेलले जानकारी दिए।
नयाँ प्रतिभाहरुको खोजि पहिचान एवम सरंक्षण्को लागि सार्तौ नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता हुन गइरहेको ,भाबिष्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भईै नगरको छवी उच्च बनाउनको लागि योगदान पुन्याउन सक्ने खेलाडी उत्पादन गर्नै उद्देश्यले आठाै मेयर कप क्रिकेट भईरहेको नगरप्रमुख पौडेलले बताए ।
क्रिकेट खेल टि २० नक आउट हुने पहिलो आउनेलाई रु ६० , ००० ( साठ हजार ) र दोस्रो आउँनेलाई रु ३०, ००० ( तिस हजार ) सहित मेडल , ट्रफी र प्रमाणपत्र पाउने खेल संचालन तथा ब्यवस्थापन समति कपिलवस्तु नगरपालिका वडा ५ का अध्यक्ष दिरेप कुमार चाैधारीले बताएकाे छन ।
सार्तौ नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा पहिलो खेल बिहान ७ बजे र दिनको खेल १ बजे देखि शुरु हुनृ सदस्य सचिव युवराज भुसाले जनाकारी दिए ।लम्टैया खेल मैदानमा खेलाउने जानकारी दिएकाे छन।

लेखकको सम्वन्धमा