लुम्बिनी प्रदेशभर ट्याक्सीलाई रुट इजाजतको व्यवस्था गर्न मजदुर संगठनको माग

लुम्बिनी प्रदेशभर ट्याक्सीलाई रुट इजाजतको व्यवस्था गर्न मजदुर संगठनको माग
0 0
Read Time:2 Minute, 21 Second

दाङ ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, लुम्बिनी प्रदेशले साना तथा मझौला हलुका सवारी साधन (ट्याक्सी, भ्यान, कार) लाई लुम्बिनी प्रदेशभर सहज रूपमा सञ्चालन गर्न सकिने गरी रुट इजाजत (प्रमिट) को व्यवस्था गर्न माग राखेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भएको भेटमा संगठनले हाल रुट इजाजत दुई जिल्लामा मात्र सीमित भएकाले स्वरोजगारमा आश्रित मजदुरहरू समस्यामा परेको जनाउँदै प्रदेशभर साना तथा मझौला हलुका सवारी सञ्चालनको अनुमति दिनुपर्ने माग राखेको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जस्ता स्थानहरूबाट पर्यटक तथा सेवा ग्राहीलाई प्रदेशका विभिन्न जिल्लामा लैजान र ल्याउन सहज नहुँदा समस्या भइरहेको संगठनको भनाइ छ ।

‘साबिकमा जस्तै प्रदेशभर नै रुट इजाजत दिने व्यवस्था मिलाइयोस् । कानुनी प्रावधान आवश्यक परेमा संशोधन गरी कार्यान्वयन गरियोस्,’ संगठनका अध्यक्ष मोहनबहादुर क्षेत्रीले भने, ‘प्रदेशभर रुट प्रमिट इजाजत पत्रको व्यवस्था गर्न जरुरी छ ।’

मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण पत्र ग्रहण गर्दै समस्या समाधानतर्फ सरकार गम्भीर हुने बताउनुभयो । उहाँले स्वरोजगारमा आधारित हलुका सवारी मजदुरको समस्या समाधानमा सरकारको ध्यान केन्द्रित हुने स्पष्ट पारे ।

संगठनले यातायात व्यवस्था कार्यालयमार्फत रुट इजाजतको प्रक्रिया सहज, सरल र सुलभ बनाउन आग्रह गरेको छ । यात्रुहरूलाई समेत सहुलियत हुने भएकाले यो व्यवस्था आवश्यक रहेको संगठनको तर्क छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %