सांसद बोहोराको भोलि अन्त्येष्टि गरिने

सांसद बोहोराको भोलि अन्त्येष्टि गरिने
0 0
Read Time:1 Minute, 10 Second

बुटवल । उपचारका क्रममा निधन भएका राप्रपा नेता तथा सांसद दीपक बोहोराको बुधबार अन्त्येष्टि गरिने भएको छ। बोहोराको भोलि अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

नेता बोहराको उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो।

उनको पार्थिव शरीर आज गृहनगर भैरहवा लगिएको छ। श्रद्धाञ्जलीका लागि आज दिनभरि उनको पार्थिव शरीर रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने बताइएको छ।

पार्थिव शरीर आजै काठमाडौँ ल्याइने छ। भोलि दिउँसो १ बजेदेखि ४ बजेसम्म बोहोराको शव श्रद्धाञ्जलीका लागि राप्रपा केन्द्रीय कार्यालयमा राखिने छ।

रुपन्देही क्षेत्र नम्बर- १ बाट निर्वाचित सांसद बोहरा पूर्वमन्त्रीसमेत हुन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %