मन्त्री अहिरले राजिनामा दिएर गल्ती गर्नुभयो : प्रवक्ता पुन

बुटवल । लुम्बिनी प्रदेश सरकार सत्ता स्वार्थमा रुमलिदा यसको आयुको विषयमा चर्चा शुरु भएको छ। स्थायीत्वको नाममा तीन पटक लुम्बिनीमा सरकार परिवर्तन भईसकेको अवस्थामा मन्त्री बनेको दुई हप्तामै भण्डारीलाल अहिरले राजिनामा दिदा सरकारको आयु तर्फ ध्यान खिचिएको छ।
लुम्बिनी प्रदेशका कृषि मन्त्री रहेका जनता समाजबादी पार्टिका अहिरले आईतवार पदबाट राजीनामा दिएका थिए। लुम्बिनीमा सरकार बनाउने बेला गठबन्धनबिच आफ्नो पार्टीलाई दुई मन्त्रालय दिने सम्झौता भएको तर नदिएको भन्दै अहिरले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । उनले सरकारको समर्थन भने कायम राख्ने बताए ।
यता सरकारका प्रवक्ता एवं स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले भने अहिरले गल्ती गरेको प्रतिक्रिया दिए। शिलापत्रसंगको कुराकानीमा पुनले मुख्यमन्त्री नभएको बेलामा राजिनामा दिन नहुने भन्दै मुख्यमन्त्री राजधानी आएपछि छलफल पछि मात्रै एक्सन लिनुपर्ने बताए। उनले भने,’मुख्यमन्त्री ज्यु काठमाडौ हुनुहुन्छ, यो बेला राजिनामा दिनु गल्ती हो, हामी गठबन्धनमा छौ। मन्त्री पद भन्दा पनि हामिले गठवन्धनलाई ठूलो मान्नुपर्छ । उहाँको चित्त नबुझेको विषयमा छलफल गर्न सकिन्थ्यो एक्कासि राजीनामा दिएर ठुलो गल्ती गर्नुभयो ।’
लुम्बिनी प्रदेश सरकार प्रवक्ता मन्त्री पुनले कृषि मन्त्री अहिरले दिएको राजीनामा तत्काल स्वीकृत नहुने पनि बताए। उनले मुख्यमन्त्री जोख बहादुर महराले यो विषयमा केन्द्रीय नेताहरूसँग आवश्यक सल्लाह गरेर अगाडि बढ्ने बताए ।
जसपाको लुम्बिनी प्रदेशमा ३ सिट छ । जसपाले दुई मन्त्रालय मागिरहेको छ। तीन सिट हुनेले दुई मन्त्री माग्नु र मन्त्रालय थपेर सरकारको खर्छ बढाउनु उचित नहुने भन्दै विश्लेषणहरु हुन थालेका छन।
विश्लेषक ऋषि आजादले जनताले स्थीर सरकार खोजेको बताउदै यस्तो सत्ता र पदको हाडालुछले जनतामा झन निरासा फैलाईरहेको बताए।
उनले प्रदेश सरकारहरु सत्ता र पावरमा पुग्नको लागि मात्रै भएको र जनताले यसको आवश्यकता महसुस समेत गर्न छाडेको अभिव्यक्तिहरु आउन थाल्नु संघीयताको लागि दु:खद हुने बताए।
लेखकको सम्वन्धमा