लुम्बिनीका नवनियुक्त ७ मन्त्रीद्धारा शपथ ग्रहण
- लुम्बिनी प्रेस संवाददाता
- बैशाख ६, २०८१
- 122 Shares
-

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनबाट बिहीबार मन्त्रीहरूले शपथ लिएका हुन् ।
मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।
२३ चैतमा नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदसहित ४८ जनाको समर्थनमा महरा मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री महराले सोही दिन एमालेका चेतनारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।
तीनै जनाको मन्त्रालय आज मात्रै तोकिएको हो । जसअनुसार आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । आजको विस्तारसँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।
प्रतिकृया दिनुहोस्
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
- सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
- अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२
लेखकको सम्वन्धमा