जब कलालाई जीवन्त बनाइयो…(तस्बिरहरू)

जब कलालाई जीवन्त बनाइयो…(तस्बिरहरू)
0 0
Read Time:3 Minute, 48 Second

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको सभा हल । समय दिउँसोको १ बजेपछि । त्यहाँ एउटा कार्यक्रम सञ्चालन भएको थियो। त्यो कार्यक्रमको ब्यानरमा नाम थियो ‘समावेशीकरण र लोकतन्त्रको लागि रचनात्मक पहल कार्यक्रम’ ।

साहसी कदम नेपालको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आयोजनामा आयोजित कार्यक्रम स्थलमा पुग्दा धेरै कलाकारहरूले सेतो क्यान्भासमा चित्र कोरिरहेका थिए। वैशाख २ गतेबाट सुरु भएको कार्यक्रम समापनको दिन चित्रमा कला पोख्ने काम भइरहेको थियो।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले आफ्नो नाम लेखेर सुरु गरेको कार्यक्रममा तेस्रो लिङ्गी महिला शायरा गुरुङ चित्र कोरिरहेकी थिइन।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका प्रायः सबैले भोग्दै आएको शारीरिक पिडालाई चित्रमा उतार्दै थिइन उनी।

उनले आफू तथा आफ्नो समुदायका व्यक्तिहरूले परिवार र समग्र समाजले दिएका पीडा तथा हेयको भावको बारेमा चित्रको वर्णन गर्दै बताइरहेकी थिइन।

उनले चित्र कोर्दै गर्दा मञ्चमा नृत्य चलिरहेको थियो। त्यो हलमा पुग्ने व्यक्तिले तुरुन्तै के भइरहेको छ ठम्याउन सक्ने अवस्था थिएन।


शायरा मात्रै होइन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू तथा बुटवल उपमहानगर भित्रका ६ वटा विद्यालयका विद्यार्थीहरूको सहभागितामा विभिन्न प्रस्तुतीकरण राखेका थिए। केही नाच्दै थिए भने केही चित्र कोर्दै । चित्रमा लेखिएका कुराहरूको व्याख्या गर्दा उपस्थित जो कोही पनि भावुक एवं संवेदनशील बनिरहेका थिए।

तीन दिने समावेशीकरण र लोकतन्त्रको लागि रचनात्मक पहल कार्यक्रम अन्तरगत आर्ट, डान्स, स्टोरी, पोएम, गजल, ड्रामा आदिको विषयमा प्रस्तुति राखिएको आयोजक साहसी कदम नेपालमा अध्यक्ष आनिक राना मगरले जानकारी दिइन।

कार्यक्रमको समापन समारोहमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाले समावेशिताको सिद्धान्त अगाडि बढाएको बताउँदै बुटवल सबैको अभिभावक रहेको महसुस गराइरहेको बताए।

बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबि अर्यालले आगामी दिनमा उपमहानगरले बजेट छुट्टाउने बताइन।

६ विद्यालयका विद्यार्थीहरूको सहभागितामा तीन दिने कार्यक्रममा ३ सय बढी विद्यार्थीहरू सहभागी भएको साहसी कदम नेपालमा रेसम न्यौपानेले जानकारी दिइन।

कार्यक्रममा फ्रीडम स्टुडियो कार्यक्रम निर्देशक प्रतीक कर्माचार्य, साहसी कदम नेपालकी रेखा थापा, तेस्रो लिङ्गी महिलाहरू रोज मगर, शायरा गुरुङ, विनीता शाही, अवन्तिका घर्ती, हसिना क्षेत्री,आशिका थापा,सुरज थापा लगायतले बोलेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %