बुटवलमा लोपोन्मुख मगर भाषा प्रशिक्षण

बुटवलमा लोपोन्मुख मगर भाषा प्रशिक्षण
0 0
Read Time:2 Minute, 55 Second

बुटवल । बुटवलमा लोपोन्मुख मगर भाषा (ढुट) तथा लिपि प्रशिक्षण प्रदान गरिएको छ।
नेपाल मगर संघ बुटवल उपमहानगर समिति बुटवलको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित १५ दिने प्रशिक्षण बिहिवार समापन गरिएको छ।
लोपोन्मुख नगर भाषा (ढुट) तथा लिपि संरक्षण एवं उत्थान कार्यक्रम अन्तरगत निशुल्क रुपमा १५ दिन सञ्चालन भएको प्रशिक्षणमा सहभागीहरुलाई बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले प्रमाणपत्र प्रदान गरे।
तालीम समापन अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेयले बुटवल सबै जाती तथा धर्मको अभिभावकको रुपमा रहेको बताउदै यस्ता भाषा र लिपि जोगाउन संघले गरेको तालीमको प्रसम्सा गरे।
उनले भाषा, सस्कृती तथा लिपि जोगाउने काम सोही जातिकै हुने भन्दै सोही अनुसारले काम गर्न सुझाब दिए। उनले बुटवलले जातीय भाषामा नागरिक बडापत्र राख्नेकाम गरेको भन्दै जातियतामा बुटवलले भाषा र लिपि जोगाउन लागिपरेको बताए।

नेपाल मगर संघका केन्द्रिय उपमहासचिव कमला थापाले मगर भाषा र लिपि सिकाउन आवश्यक महसुस गरेर गरिएको तालिम प्रभावकारी भएको बताईन।
प्रशिक्षक सोनु थापा मगरले भाषा र लिपि जोगाउन आवस्यक रहेको बताउदै प्रशिक्षार्थीहरुको क्षमता जाच समेत गरिएको जानकारी दिए। उनले प्रशिक्षकहरु सोनु थापा मगर, आशिष् शुर्यबन्सी मगर र नारायण गाह र आकृति थापा मगरले चैत १४ गतेबाट २८ गतेसम्म ९० घण्टा तालिम प्रदान गरिएको जानकारी दिए।
कार्यक्रममा मगर संघ जिल्ला उपाध्यक्ष थर्क बाह्रघरे, जिल्ला सदस्य जया थापा मगर, प्रशिक्षार्थीहरु रम्भा बाकाबल मगर र रिता अर्घली मगर लगायतले बोलेका थिए।
नगर अध्यक्ष बसन्ति साठिघरे मगरको अध्यक्षता, सचिव हेमन्त बुढाथोकी मगरको सञ्चालन तथा उपाध्यक्ष लुम बहादुर सारुको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो।
समापन समारोहमा आउदै गरेको नेपाली नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो।
तालिममा जुनसुकै उमेर समुहका ८० जना सहभागी थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %