खुद्रा किराना ब्यवसायी संघमा पदस्थापन

खुद्रा किराना ब्यवसायी संघमा पदस्थापन
0 0
Read Time:4 Minute, 11 Second

बुटवल । खुद्रा किराना ब्यवसायीहरुको संगठन खुद्रा किराना ब्यवसायी संघ रुपन्देहीको १७ औं साधारणसभा तथा नवौ अधिवेशनमा नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन गरिएको छ।

बुधबार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै पदस्थापन, नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपत्रो बिमोचन गरिएको
हो।

बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले नवनिर्वाचित टिमलाई शुभकामना दिदै उपमहानगर सहकार्यको लागि तयार रहेको प्रतिबद्धता ब्यक्त गरिन ।

उनले अहिले बुटवल उपमहानगरपालिकाले अनुगमनलाई कडाई गरिरहेको बताउदै दर्ता तथा बिक्रि गरेका सामाग्रीको तथ्यांक अभिलेखिकरण गर्न आग्रह गरिन । उनले अनुगमन ब्यवसायी र जनताको हितमा हुने भन्दै उनले सकारात्मक रुपमा लिएर सहयोग गर्न आग्रह गरिन। उनले साना ब्यवसायीहरुलाइ बचाउनको लागि उपमहानगर तयार रहेको प्रतिबद्धता ब्यक्त गरिन।


नेपाली काङ्ग्रेस बुटवल नगर उपसभापति ज्योती भण्डारी ब्यापारिक केन्द्रको स्तरउन्नति नहुदा आर्थिक चहलपहल नहुने बताए। उनले उपलब्धिमुलक हुनको लागि हामी आफै सुध्रिनु जरुरी रहेको उल्लेख गरे।

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका कार्यबाहक अध्यक्ष सुरज भट्टराईले नेता तथा जनप्रतिनिधिले कार्यक्रमको पूरा कुरा सुन्ने बानी बसल्न सक्नुपर्नेमा उल्लेख गरे। उद्योग उपाध्यक्ष समेत रहेका भट्टराईले ब्यवसायमा आर्थिक तरलता अभावले निकै चुनौती बढाएको बताए।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टिका नगर सचिव चन्द्र कुमार न्यौपाने , उद्योग ब्यापार संघका महासचिव बाबुराम मरासिनी , लुम्बिनी फलफुल तथा थोक तरकारी बजार अध्यक्ष बाबुराम भुसाल,पूर्व अध्यक्षहरु केशब कुवर, कमला गौतम, लक्ष्मण न्यौपाने, टिकाराम गैरे, सल्लाहकार कृष्ण प्रसाद पाण्डे लगायतले बोलेका थिए।

खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १७ औं साधारणसभा तथा नवौं अधिवेशनले महेन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति निर्वाचित भएका थिए।

जसको बरिष्ठ उपाध्यक्षमा ज्ञान प्रसाद न्यौपाने,प्रथम उपाध्यक्षमा राधा आचार्य भुषाल , द्धितिय उपाध्यक्षमा गोपाल कुमार प्रधान,महासचिवमा दधिराम ज्ञवाली,कोषाध्यक्षमा टीकाराम शर्मा पौडेल, सचिव यमलाल बेल्वासे ,सहसचिवमा कुलचन्द्र गौतम, सह कोषाध्यक्षमा ईश्वर कुमार नेवार श्रेष्ठ चयन भएका छ्न।

सदस्यहरुमा दिपक काफ्ले लक्ष्मी न्यौपाने, विमला गुप्ता, पुष्पा पोखरेल, राजकुमार श्रेष्ठ ,छबी रास्कोटी, बिष्णु प्रसाद अधिकारी, हुमनाथ पोखरेल, बुद्दीसागर पान्डे, रमेश ज्ञवाली रहेका छन ।

२४ सदस्यीय समिति रहेको संघमा बाँकी सदस्यहरुलाई पछि मनोनित गरिने संघका नवनिर्वाचित द्धितिय उपाध्यक्ष गोपाल कुमार प्रधानले जानकारी दिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %