उठेको राजस्वले कर्मचारीलाई तलब दिन पुग्दैन, अब सांसद संख्या घटाउने बेला आयो : डा. चन्द्र भण्डारी

उठेको राजस्वले कर्मचारीलाई तलब दिन पुग्दैन, अब सांसद संख्या घटाउने बेला आयो : डा. चन्द्र भण्डारी
0 0
Read Time:2 Minute, 48 Second

बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य डा. चन्द्र भण्डारीले मन्त्री, सांसद र जनप्रतिनिधिको संख्या घटाउने बेला आएको बताएका छन ।

देशमा उठेको राजश्वले कर्मचारीलाई तलब समेत खुवाउन नसकेको अवस्था रहेको बताउँदै उनले चालु खर्च घटाउनको लागि मन्त्री ,सांसद र जनप्रतिनिधिको संख्या घटाउनु पर्ने बेला आएको बताए।

होटल तथा रेष्टुरेण्ट ब्यवसाय संघले शनिबार बुटवलमा आयोजना गरेको २३ औं साधारण सभामा बोल्दै भण्डारीले सरकारको गलत नीतिका कारण हरेक क्षेत्रका व्यवसायीहरु समस्यामा परेका उल्लेख गर्दै जनप्रतिनिधिलाई तलब खुवाउन सवारी साधन आयातमा तीन सय प्रतिशतसम्म महँगो कर लिने गरिएको बताए।

भण्डारीले लात्ताले हान्न पुग्ने गरी देशमा मन्त्रीको संख्या रहेको टिप्पणी गर्दै ३६ हजार तलबी जनप्रतिनिधिलाई १८ हजारमा झार्नुपर्नेे आवस्यकता औल्याए।

देशमा स्थानीय तहदेखि प्रदेश हुंदै केन्द्रसम्म तलब खाने जनप्रतिनिधि अत्यधीक धेरै भएकाले आधा घटाउनुपर्ने बताउँदै उनले सबै भ्रष्ट नेताहरुलाई जेल हाले मात्रै देश बन्ने दाबी गरे ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको उदाहरण दिँदै सांसद भण्डारीले कमिसन खानका लागि विदेशबाट ऋण लिएर पूर्वाधारमा अन्धाधुन्द लगानी गरिएको आरोप लगाए।

३४ वर्षदेखि एउटै अनुहारलाई भोट हालेर जिताइरेका नेपाली जनताहरूले अब विवेकपूर्ण निर्णय गर्नुपर्ने बेला आएको भन्दै भने, ‘जसले घुस खाँदैन उसलाई छान्नुस् त मुलुक दुई दिनमा बन्छ’-‘नेताको दास बनेर देश बन्छ भन्नु कल्पना मात्र हुनेछ।’

चर्को कर र बैंक ब्याज दरका कारण नेपालको कृषि र अन्य व्यवसाय फस्टाउन नसकेको बरु संकटमा पर्दै गएको भण्डारीले बताउँदै देश बनाउन अब आउने चुनावमा भ्रष्ट नेताहरुलाई हराउन मतदाता पनि परिवर्तन हुनुपर्ने धारणा राखे।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %