बुटवल ८ प्रभा पथमा खुल्ला ब्यायामशाला निर्माण, उद्घाटन नयाँवर्षमा हुने

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ प्रभा पथमा खुल्ला ब्यायामशाला निर्माण गरिएको छ । बुटवलको ब्यस्त बस्ती तथा व्यवसायीक क्षेत्रमा शारिरिक अभ्यास गर्दै स्वस्थ बन्नको लागि उपमहानगर अन्तरगत वडागत बजेटमार्फत व्यायामशाला निर्माण गरिएको हो ।
मंगलबार एक समारोहका बिचमा वडाबासी तथा नगरप्रमुख खेलराज पाण्डेयको उपस्थीतिमा उपकरणहरु राखिएको हो । यद्यपी यसको उद्धाटन भने नयाँवर्षको दिन गरिने भएको छ ।
करिब ९ लाख लगानीमा हात, खुट्टा, कम्मर, घाटी, ढाड, पेट लगायत शरीरका विभिन्न अंगहरुको व्यायाम हुने ११ थरी उपकरण राखेर व्यायामशाला निर्माण गरिएको वडा अध्यक्ष यज्ञ प्रसाद पंगेनीले जानकारी दिए ।
उनले अहिलेको व्यस्त जिवनशैलीमा स्वस्थ खानपानमा ध्यान दिन नभ्याउने तथा शारिरिक कशरतमा समेत समय दिन नभ्याउने भएपछि प्रभापथको खाली जग्गामा ब्यायामशाला निर्माण गरिएको बताए ।
मोटोपन कम गर्ने र शारीरिक तन्दुरुस्ती बढाउने उपकरणलाई प्राथमिकताका साथ राखेर निर्माण काम सकिएको उनले बताए ।
नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले व्यायामशाला निर्माण कार्य भन्दा यसको प्रयोग र शुरक्षामा ध्यान दिनुपर्ने बताए । उनले बुटवलले खेलकुद लाई प्राथमिकताका साथ राख्दै बजेट बिनियोजन गर्दै आएको भन्दै यसलाइ निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा वडा सदस्यहरु, टोल बिकास समितिका अध्यक्ष तथा सदस्य र टोलबासीहरुको सहभागिता रहेको थियो ।ब्यायामशालामा हरेक उमेर समूहका मानिस आफु अनुकुलको समय बिहान वा बेलुकामा शारिरीक अभ्यास गर्न सकिन्छ ।
युवा पुस्ता शरीर तन्दुरुस्ती राख्न र वृद्धहरु विभिन्न शारीरिक, मानसिक र पाचन प्रक्रिया सम्बन्धी समस्या हटाउने अपेक्षाले व्यायाम गर्दछन् । घर नजिकमा खुला व्यायमशाला भएपछि चुलोचौकोमा व्यस्त हुने गृहिणीसमेत समय निकालेर व्यायाम गर्न जान सक्नेछन् । यसले शारीरिक समस्या हटेको र स्फुर्ति सहित दिनभरीको काममा उर्जा मिल्ने अपेक्षा गरिएको छ ।
बुटवल उपमहानगरले बिगतका वर्षदेखि बिभिन्न स्थानमा खुला ब्यायमशाला निर्माण गरी संचालन गरिरहेको छ । यद्यपी व्यायमशालामा नयाँ आउनेलाई प्रशिक्षणको भने अभाव छ ।
लेखकको सम्वन्धमा