वर्तमान र निवर्तमान सासंदहरु बिच पाँच बर्षकाे अनुभव सेयरिङ सगैँ सांसद संजाल गठन

बुटवल । लुम्बिनी प्रदेश सरकारले अघिल्लाे पाचँ बर्षमा सिमान्तकृत, दलित महिला तथा अल्पसंख्यको पक्षमा उदाहरणीय काम नगरेकाे सराेकारवालाहरुले बताएका छन । लक्षित समुदायका लागी बजेट विनियोजन गरेपनि पहुँचकाे आधारमा बजेट बितरण गर्ने र पाँच बर्ष सम्म सम्बन्धीत मन्त्रालयबाट पनि ठोस काम नभएको उनहरुले बताए ।
जागरण मिडिया सेन्टरको आयोजानमा बुटवलमा भएको वर्तमान र निवर्तमान सासंदहरु बिच पाँच बर्षकाे अनुभव आदान प्रदान एवं नव निर्वाचित प्रदेश सासंदहरकाेहरुकाे भुमिका बिषयक छलफल कर्यक्रममा उपस्थिति निर्वतमान सांसदहरुले बाेल्दै अघिल्लाे पाँच बर्ष अर्थात आफ्नो पाँच बर्षे कार्यकाल खासै उपलब्धिमुलक नभएकाे बताए ।
कार्यक्रममा बोल्दै संविधानसभा सदस्य विनोद पहाडीले प्रदेश सरकार प्रचुर संभावनाका विचमा पनि ठोस निर्णय लिन नसक्दा दलित, सिमान्तकृत, अल्पसंख्यक, मुस्लीम लगायतको पक्षमा काम गर्ने, उनीहरुको लागि हक अधिकार स्थापित गर्ने योजनामा कयौं काम गर्न सक्ने भए पनि उनीहरुको पक्षमा विनियोजन गरिएको बजेट नै फ्रीज गराएर सरकारले काम गर्नबाट चुेकेको बताए । उनले जनतासंग प्रत्यक्ष सरोकार राख्ने निकायको रुपमा रहेको मन्त्रालयले समेत जनताकोपक्षमा काम नगरेको भन्दै अबकाे पाँच बर्ष नवनिर्वाचित सासंदहरुले जन अभिरुचिलाई प्रथामिक्तामा राखेर जनपक्षीय योजना बनाएर काम गर्न सुझाव समेत दिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य रमा अर्यालले एमाले, माओवादी, काग्रेस वा अन्य दलले समेत महिलालाई कार्यकारी पद दिने कुरामा कहिले पनि अगाडी नसार्ने बताउँदै सासंदहरुकाे भुमिका धेरै भएता पनि पाटिकाे निर्देशन बिधिपद्धति अनुसार चल्नु पर्दा अधिकार बिहिन भएकाे बताईन सुरुवात र सिकाईकाे चरणमा पनि प्रदेशमा ६५ वटा कानुन पास गरेका छाै आवश्यकता र ओैचित्यका आधारमा बनाएकाे कतिपय कानुनु कार्यन्वयनकाे अबस्थाबाट भने प्रदेश सरकार चुकेकाे छ । त्यस कारण यी कानुनलाई कार्यन्यवयनमा लैजान जिम्मेवारी वर्तमान सासंदहरुकाे भएकाे बताईन ।
यस्तै प्रदेश सभा सदस्य दिपा विश्वकर्माले उत्पडीनमा परेका समुदायको आवाज सोही समुदायबाट मात्र बढि मात्रामा उठ्ने गरेको हुदाँ याे सबैकाे साझा मुद्दा हुनुपर्ने बताईन। उनले भनिन महिला सांसद सदनमा ताली बजाउने काममा बढि केन्द्रीत भएको भन्दै महिला अब कार्यकारी निर्णय गर्ने अधिकार सम्पन्न क्षेत्रमा पनि अगाड बढ्नुपर्ने सुझाव दिईन ।
त्यस्तै कार्यक्रम वर्तमान सासंदहरु निमा गिरि , हेमा बेलवासे , भगवति न्याैपाने ,शान्ति लाेध लगायतले बाेल्दै प्रदेश सभामा गएकाे ४ महिना बितिसक्दा पनि प्रदेशमा जम्मा ९ बटा मात्रै बैठक बसेकाे भन्दै प्रदेश सासंदहरु बेरोजगारजस्तै भएकाे बताए। उनिहरुले हामीले निर्वाचन जित्दै गर्दा जनतालाई धेरै आश र अपेक्षा बाडेका थियाै तर पटक पटककाे सरकार फेरबेदल र अस्थिरताकाे कारण जनतका सबैयाेजना र बिकासका काम ठप्प भएकाे अबस्था रहेको बताए। उनिहरुले यसले नेताहरु माथिकाे जनताकाे बिश्वास घट्ने बताए।
कार्यक्रममा जागरण मिडिया सेन्टरका केन्द्रीय अध्यक्ष कमला बिश्वकर्माले मानवअधिकार,दलित,महिला,सिमान्तकृत ,तथा अल्पसंख्यकहरुकाे बिषयका मुद्दाहरु संसदमा जाेडदार रुपमा उठाउन पर्ने बताउँदै यी लक्षित वर्गकाे लागी कानुनी प्रणालिकाे पनि छुट्टै व्यवस्था गर्न संसदमा आवज उठाउन वर्तमान सासंदहरुलाइ आग्रह गरीन ।
जागरण मिडियाले छलफल कार्यक्रमबाटनै नयाँ र पुराना सांसदहरुकाे समन्वयकारी भुमिका हाेस भन्ने उद्धश्येले लुम्बिनी प्रदेशमा वर्तमान र निर्वतमान सासंदहरुकाे संजाल समेत गठन गरेकाे छ । सबै प्रकारका विभेद बिरुद्ध सासंद संजाल (लुम्बिनी प्रदेश) नामक संजाल गठन भएकाे हाे । उक्त संजालको संयाेजकमा प्युठान बाट निर्वाचित सासंद निमा गिरि रहेकि छिन भने अन्य सांसदहरु भने सदस्य रहेका छन ।
लेखकको सम्वन्धमा