नियुक्तीपछि निजी सवारीमै फर्किए मुख्यमन्त्री चौधरी

नियुक्तीपछि निजी सवारीमै फर्किए मुख्यमन्त्री चौधरी
0 0
Read Time:1 Minute, 18 Second

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली नारायण चौधरी बिहीबार अपराह्न नियुक्त भएपछि निजी सवारीमा फर्किएका छन् ।
नियुक्ती बुझ्न प्रदेश प्रमुखको कार्यालय बुटवलमा पुगेका चौधरी निजी सवारीमा फर्किएका हुन् । सरकारी सुबिधाको दुरुपयोग नहोस भन्ने उद्देश्यले निजी सवारीमा हिडेको उनको सचिवालयले जनाएको छ ।
चौधरीलाई बिहीबार साँझ ६ बजे प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । दिउँसो करिब २ बजे चौधरी लुम्बिनी प्रदेशसभाका ५३ जनाको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
बैशाख ११ गते एमालेका दल नेता लिला गिरीले विश्वासको मत पाउन नसकेपछि उनको पत स्वतः खारेज भएपछि प्रदेशप्रमुखले सरकार गठनका लागि दाबी पेश गर्न आव्हन गरेका थिए ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %