तिलोत्तमामा महिला शशक्तिकरण कार्यक्रम शुरु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा महिला शशक्तिकरण कार्यक्रम शुरु भएको छ।सहिद यादबनाथ आलोक स्मृति केन्द्रको आयोजनमा हुने ६ दिने महिला शशक्तिकरण कार्यक्रमको एक कार्यक्रमका बिच बुधबार बाट शुरु भएको हो।
कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले सहिदहरुकोआफ्नो लागि नभइ देश र समाजको लागि बलिदान दिएकोले सहिदले देखाएको बाटोमा हिड्नुपर्ने बताए।उनले नेपाल पछिल्लो समय महिलामैत्री बनेको बताउदै जनप्रतिनिधि देखि सदन सम्म राम्रो सहभागीता रहेको बताउदै अझै संख्या बढाउनुपर्ने बताए।
उनले महिलाहरू शिक्षित हुँदै नेतृत्व बिकास र क्षमता बिकास गर्न आग्रह गरे। उनले सहिदहरुको बलिदानीको कारणले लोकतान्त्र प्राप्त गर्न सकेको बताउदै उनले यस्ता क्षमता अभिबृद्धीका कामहरु निरन्तर गर्नुपर्ने बताए।उनले सहिद यादबनाथ आलोकको स्मरण गर्दै खाणले उहाँप्रती सम्मान र श्रद्धाञ्जली अर्पण गरे। उनले महिलाहरुको सहभागीता बढाउन सधै तयार रहेको बताए।
कार्यक्रममा बोल्दै पुर्व लुम्बिनी प्रदेश सभा सदस्य रमा अर्यालले महिलाहरुको क्षमतावृद्धि गर्नेगरी शुरु भएको तालिमको प्रभावकारिता राम्रो भएको बताउदै सिकेको सिपलाई ब्यवहारमा उतार्न आग्रह गरिन।
उनले आफू प्रदेश सभा सदस्य रहदा ससदबाट र अहिले सडकबाट भएपनि महिलाहरुको हक हितको पक्षमा लडिरहने बताईन।
बैशाख १३ गतेदेखी १८ गतेसम्म छ दिन हुने कार्यक्रम लुम्बिनी प्रदेश सरकारको सहयोग एव तिलोत्तमा नगरपालिका मार्फत सञ्चालन गर्न लागिएको केन्द्रका सचिव अमृत भट्टराईले जानकारी दिए।
कार्यक्रममा प्रशिक्षक एव वरिष्ठ अधिवक्ता जोख बहादुर खत्री,केन्द्रका अध्यक्ष हेमराज अर्याल,वडा नम्बर १३ का अध्यक्ष नारायण ढकाल,तिलोत्तमा नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख गङाराम आचार्य,केन्द्रका सल्लाहकार श्यामलाल खरेल लगायतले बोलेका थिए।
तालिममा तिलोत्तमाका बिभिन्न क्षेत्रबाट ६० जना महिलाहरुको सहभागी रहेको छ।६ दिन सम्म ईन्दिरा अर्याल, लिला पौडेल, जोग बहादुर खत्री लगायतले प्रशिक्षण दिनेछन।
लेखकको सम्वन्धमा