गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

Read Time:1 Minute, 14 Second
बुटवल । गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान र मिलिजुली परिवारले बिपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ।बिपन्न बालबालिकालाई शिक्षा अभियान अन्तरगत शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो।
कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारको तर्फबाट ६३औं कार्यक्रम अन्तरगत शनिबार धादिङ निलकण्ठ नगरपालिका १० टारिबेसिमा रहेको चण्डेश्वरी आधरभुत माध्यामिक बिधालयमा अध्यनरत बिपन्न परिवारका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको रारा शैजुले जानकारी दिइन।
बिद्यालयका ७७ जना बालबालिकाहरुलाई बिधालय पोशाक कापि कलम, जुत्ता बितरण गरिएको माधव शर्माले जानकारी दिए।
लेखकको सम्वन्धमा