होटल द एसआरको लोक सास्कृतिक कार्यक्रम सफल

होटल द एसआरको लोक सास्कृतिक कार्यक्रम सफल
0 0
Read Time:2 Minute, 23 Second

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका १ ड्राइभर टोलमा रहेको होटल द एसआरले नेपाली नयाँ वर्ष २०८०को अवसरमा आयोजित विशेष लोक सांस्कृतिक कार्यक्रम सफल भएको छ।
नयाँ वर्ष २०८० को अवसरमा अन्य क्षेत्रभन्दा फरक लोक तथा दोहोरी सांगितिक कार्यक्रम गरिएकोमा सफल भएको होटलले दाबी गरेको छ।
कार्यक्रमको उद्घाटन गर्दै होटल द एसआरका अध्यक्ष शंकर बस्यालले अन्य सस्थाले ब्याण्ड तथा पप गितलाई जगेर्ना गरेको अवस्था पनि द एसआर होटलले नेपाली लोक सस्कृतीलाई संरक्षण गर्दै लोक सास्कृतिक कार्यक्रम गरेको बताए। उनले यो नेपाली शस्कृतीलाई जोगाउदै बलियो बनाउन यस्ता कार्यक्रम प्रभावकारी रहने बताए।

होटलका ब्यवस्थापक लक्ष्मण बञ्जाडेले आगामी वर्षहरुमा पनि होटलमा हुने कार्यक्रमहरुमा लोक सास्कृतिक भाकालाई संरक्षण गर्ने बताउदै यो कार्यक्रमलाई वार्षिक रुपमा निरन्तरता दिने बताए।
डिएसपि सहायक सिडियो जनप्रतिनिधि आथित्यता एव ५ सय ५० जना सहभागीहरुले लोक सस्कृती संगै मनोरञ्जन लिएको ब्यवस्थापक बञ्जाडेले बताए।

चैत ३० गते साँझ ७ बजेबाट सुरु भएको कार्यक्रम राती १२ बजे नया वर्षको शुभकामना आदानप्रदान संगै सकिएको थियो।
कार्यक्रममा लोक गायक खुमन अधिकारी,लोक गायिका टीका सानु, गायक दिपु मगर, नृत्य कलाकार सुशीला नेपाली र हास्य कलाकार विष्णु पाण्डेय(माईला बा)ले मनोरञ्जन प्रदान गरेका थिए।

९९९ रुपैयाँ प्रतिव्यक्ति टिकट तोकिएको थियो भने त्यसबापत अनलिमिटेड भेज/ननभेज बुफे डिनर होटलले उपलब्ध गराएको थियो।
२०७५ सालमा स्थापना भएको होटलमा ५० जनाले प्रत्यक्ष रोजगारी पाईरहेका छन।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %