आर्थिक मन्दीको चपेटामा खुद्रा ब्यवसायी
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र २९, २०७९
- 265 Shares
-
बुटवल। रुपन्देही खुद्रा किराना व्यावसायिक सङ्घले नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान तथा भित्रे पात्रो विमोचन कार्यक्रम आज बुटवलमा गरेको छ ।
सो अवसरमा बोल्ने वक्ताहरूले बुटवलको व्यापार पछिल्लो समय कम हुँदा त्यसको प्रत्यक्ष मारका खुद्रा किराना व्यापारीहरू परेको गुनासो गरेका थिए ।
सङ्घका अध्यक्ष मोहन बस्यालको अध्यक्षता भएको कार्यक्रमका बोल्ने वक्ताहरूले प्रदेशको राजधानी सर्नु,बुटवलका सडक समय नबन्नु,कोरोनापछि आर्थिक मन्दी लाग्नु जस्ता कारणले व्यापार घटेको अव बुटवलको व्यापारलाई बचाउनको लागि घर भाडा घटाउनु पर्ने,बैक व्याज तिर्न समय दिनु पर्ने ,दोहरो कर कम गर्नुपर्ने माग राखेका थिए।
कार्यक्रमका देउराली उपभोक्ता सहकारीका अध्यक्ष ज्ञान प्रसाद न्यौपाने,पूर्व अध्यक्ष कमला गौतम,लक्ष्मण न्यौपाने,केशव कुँवर क्यालेन्डर प्रकाशन संयोजक यमलाल वेल्वासे ,प्रेस सल्लाहकार तेजेन्द्र केसी,बुद्ध टी.भी का समाचार प्रमुख कपिल ज्ञवाली,सङ्घका महेन्द्र प्रसाद पोखरेल,क्षेत्रगत संयोजक विमला गुप्ता,विज्ञापन दाता गङ्गा सागर पन्थ लगायत बोलको थिए।
कार्यक्रम सङ्घका महासचिव गोपाल कुमार प्रधानको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा