राष्ट्रपति पौडेल र बुटवल नगरप्रमुख पाण्डेयबीच भेटवार्ता, जितगढी उत्सवका लागि निमन्त्रणा
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र २८, २०७९
- 77 Shares
-

बुटवल । राष्ट्रपति रामचन्द्र पौडेल र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ।
सोमबार भएको भेटवार्तामा नगर प्रमुख पाण्डेयले राष्ट्रपति पौडेललाई बुटवलको जितगढी उत्सव र नयाँगाउँस्थित मुक्तिनाथ धामको उद्घाटनका लागि निमन्त्रणा दिनुभएको छ।
आगामी वैशाख ७ गते मनाइने जितगढी उत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा निमन्त्रणा दिदै पाण्डेयले बुटवलको जितगढीमा नेपालले अंग्रेजसँगको युद्धमा जित हासिल गरेको र सोही कारणले नेपालको भूभाग सुरक्षित रहेको बताउनुभयो ।
उहाँले बुटवलले जितगढी किल्लालाई पर्यटकीय स्थलका रुपमा विकास गरिरहेको र बुटवलमै निर्माणाधीन संग्रहालयले देशविदेशका पर्यटकलाई आकर्षित गर्ने बताउनुभयो। पाण्डेयले बुटवलको विकासमा स्थानीय सरकारका तर्फबाट सक्दो प्रयास गरिरहेको र आफ्नो कार्यकालमा बुटवललाई उपयुक्त पर्यटकीय विश्रामस्थल र सबैको रोजाइको शहरका रुपमा स्थापित गर्ने गरी काम गरिरहेको बताउनुभयो ।
भेटका क्रममा राष्ट्रपतिले जितगढी उत्सवमा आफु सहभागी हुने गरी तयारी गर्ने बताउनुभयो । उहाँले बुटवलप्रति आफ्नो सद्भाव रहेको बताउदै आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्ने बताउनुभएको थियो । राष्ट्रपति पौडेलसँग सोमबार राष्ट्रपति निवासमा नगर प्रमुख पाण्डेय, प्रतिनिधिसभा सदस्य सुरेन्द्र आचार्यसहितको टोलीले भेट गरेको थियो ।
प्रतिकृया दिनुहोस्
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२ -
सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
बैशाख २६, २०८२
लेखकको सम्वन्धमा