गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारको अध्यक्षमा माधव शर्मा सर्वसम्मत

बुटवल । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारको अध्यक्षमा माधव शर्मा सर्वसम्मत चयन भएका छन ।
शनिबार काठमाडौंको बसुन्धरास्थित दियालो फुडल्याण्डमा भएको साधारण सभाबाट माधव शर्माको अध्यक्षतामा ३२ सदस्यीय तदर्थ कार्यसमिति चयन गरिएको सचिव अजय पाण्डेले जानकारी दिएका छन ।
बिगत तीन बर्षदेखि राजन कडेलको अध्यक्षताम सेवा नै धर्म हो भन्ने मुलमन्त्र लिएर सामाजिक सेवामा अग्रसर रहदै आएको गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले हाल सम्म ६३ वटा कार्यक्रम मार्फत ६५ लाख बराबरको सहयोग हस्तान्तरण कार्यक्रम गरिसकेको संरक्षक रारा सैंजुले बताईन ।
कार्यक्रममा समाजसेवी तथा एसियन पोलिक्लिनिकका संचालक किरण छतकुली, मिलिजुली परिवारका निवर्तमान अध्यक्ष राजन कडेल, संरक्षक रारा सैंजु, अध्यक्ष माधव शर्मा वरिष्ठ सल्लाहकार अमृता भट्टराई, न्युज २४ टेलिभिजनका पत्रकार कृष्णा चौलागाइ लगायत अन्य समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै किरण छतकुलीले गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले समाजिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउदै आएको र आगामी दिनमा पनि सामाजिक कार्यक्रम अग्रसर रहन शुभकामना दिएका थिए । कार्यक्रममा मिलिजुली परिवारको कोष ब्यबस्थापनको लागि संरक्षक रारा सैंजु, अमृता भट्टराई, किरण छतकुली, ज्ञान बहादुर लामा, राजन कडेल, भोजराज खडका, निलम शर्मा पुर्णिामा श्रेष्ठ, लक्ष्मी भण्डारी, अंशु राउत, र शानु शर्माले आर्थिक सहयोग गर्नुभएको अध्यक्ष माधव शर्माले बताए।
लेखकको सम्वन्धमा