एसआर होटल डाईभरटोलमा नयाबर्ष बिशेष सास्कृतिक कार्यक्रम हुँदै

एसआर होटल डाईभरटोलमा नयाबर्ष बिशेष सास्कृतिक कार्यक्रम हुँदै
0 0
Read Time:1 Minute, 33 Second

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका १ ड्राइभर टोलमा रहेको होटल एसआरले नेपाली नयाँ वर्ष २०८०को अवसरमा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ।
नयाँ वर्ष २०८० को अवसरमा अन्य क्षेत्रभन्दा फरक लोक तथा दोहोरी सांगितिक कार्यक्रम गर्न लागिएको होटलका व्यवस्थापक लक्ष्मण बन्जाडेले जानकारी दिए।
उनले साँझ ७ बजेबाट सुरु हुने कार्यक्रममा लोक गायक खुमन अधिकारी,लोक गायिका टीका सानु, गायक दिपु मगर, नृत्य कलाकार सुशीला नेपाली र हास्य कलाकार विष्णु पाण्डेय(माईला बा)ले मनोरञ्जन प्रदान गर्ने जानकारी दिए।
९९९ रुपैयाँ प्रतिव्यक्ति टिकट तोकिएको जानकारी दिँदै व्यवस्थापक बन्जाडेले टिकट बापत अनलिमिटेड भेज/ननभेज बुफे डिनर प्राप्त गर्ने बताए। ५ वर्ष भन्दा साना बालबालिकाको टिकट नलाग्ने उनले जानकारी दिए।
अन्य क्षेत्र भन्दा फरक र नेपाली कला संस्कृतीलाई प्रवर्द्धन गर्नका लागि कार्यक्रम गर्न लागिएको बताउँदै उनले टिकटका लागि होटलमा सम्पर्क गर्न आग्रह गरेका छ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %