होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २२ औं साधारणसभा एवं ११ औं अधिवेशन बाट अध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित भएका छन् ।
भण्डारीले ५५० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बाबुराम गौतमले ४५२ मत प्राप्त गरे ।
संघकाे बरिस्ठ उपाध्यक्ष पदमा माधव कुमार खनाल,पर्यटन उपाध्यक्षमा राेमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा टंक प्रसाद पराजुली (प्रकाश) द्वितीय उपाध्यक्षमा प्रेम प्रसाद भट्टराई ,महासचिवमा अर्जुन थापा,सचिवमा थमन बहादुर भण्डारी ,सहसचिवमा अर्जुन पोखरेल र सह काेषाध्यक्षमा माधव ढकाल निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा भने रामबहादुर न्यौपाने यस अघि नै निर्विरोध निर्वाचित भईसकेका छन्।
महासचिवमा निर्वाचित अर्जुन थापा, प्रथम उपाध्यक्षमा निर्वाचित प्रेम प्रसाद भट्टराई, सचिव थम्मन भण्डारी र सहसचिवमा निर्वाचित अर्जुन पाेखरेल लेखनाथ भण्डारी प्यानलबाट उम्मेदवार बनेका थिए।
त्यसैगरी सदस्यहरुमा भने दुई जना सदस्य बाहेक ९ सिट बावुराम गाैतम प्यानलले जितेको छ। मतगणनाकाे अन्तिम परिणाम अनुसार सदस्य पदमा एक बहादुर गाहा मगर,केशवराज पाण्डे, एकदेव पाण्डे,कमला पाण्डे, दामाेदर पाैडेल, धनकुमारी शर्मा,नारायण प्रसाद श्रेष्ठ, बावुराम अर्याल,मुरारी पाण्डेय,सिता ढकाल र सुन्दर कुमार श्रेष्ठ बिजयी भएका छन् ।२०५६ सालमा स्थापना भएको संघमा हाल रुपन्देहीका १ हजार २ सय ३ व्यवसायी आवद्ध रहेकाेमा १०७० जनाले मतदानमा भागलिएका थिए।
लेखकको सम्वन्धमा