रुपन्देहीमा तीनदिने प्रशिक्षक प्रशिक्षण(टिओटि) सम्पन्न

रुपन्देहीमा तीनदिने प्रशिक्षक प्रशिक्षण(टिओटि) सम्पन्न
0 0
Read Time:2 Minute, 22 Second

बुटवल। रुपन्देहीमा तीनदिनसम्म सञ्चालन भएको टिओटी तालिम शनिबार सम्पन्न भएको छ।
थिन्क ब्राईटन सर्भिसेज(टिबिएस)को आयोजनमामा बिहीवारबाट शुरु भर्को प्रशिक्षकलाई प्रशिक्षण(टिओटी)को शनिबार एक कार्यक्रमको आयोजना गर्दै समापन गरिएको हो।
कार्यक्रममा बोल्दै नेपाल जेसिजका पूर्व अध्यक्ष श्रीधर बस्यालले आफुले सिकेको बुझेको कुरा हुबहु अरुलाई बुझाउने क्षमता बढाउने यो तालिमलाई प्रभावकारी बनाउन आग्रह गरे। उनले आफुले सिकेको ज्ञान र सिपलाइ बढ्नुपर्ने बताउदै यसले समाज परिवर्तन हुदै जाने बताए।
रुपन्देही सहित देशका विभिन्न जिल्लाहरुका ३० जनालाई तालिम प्रशिक्षकहरुलाई प्रशिक्षण गरिएको थिन्क ब्राईटन सर्भिसेजका सञ्चालक राजिब गौतमले जानकारी दिए। उनले तालिमलाई प्रभावकारी बनाउन फिल्डमा लगेर प्रयोग गर्न आग्रह गरे।
कार्यक्रममा लायन्स ३२५ पि एरिया चिफ माधव खनाल, प्रमुख प्रशिक्षक रमेश अर्याल, टुना टेक्नोलोजीका अध्यक्ष गणेश चन्द्र पोख्रेल,बुटवल जेसिजका अध्यक्ष हरि बिक्रम श्रेष्ठ,प्रशिक्षार्थी प्रीया पौड्याल,बिष्णु पौडेल,बिना गौतम,माधव चापागाईं लगायतले बोलेका थिए।
कार्यक्रममा प्रशिक्षार्थीहरुलाई दिक्षित गरिएको तालीम ब्यवस्थापक सन्दीप खनालले जानकारी दिए। क्षेत्रगत निर्देशक अमर खत्रीको स्वागत तथा सुशील आलेको सञ्चालनमा कार्यक्रम समापन भएको हो।
लगानी आजको,सुनिश्चितता भविष्यको भन्ने नारासहित सञ्चालित थिन्क ब्राईटन सर्भिसेजले नियमित रुपमा प्रशिक्षण प्रदान गर्दै आएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %