परम्परागत सीपलाई आधुनिकीकरण गर्दै युवा पुस्तालाई आकर्षण गर्न बिश्वकर्माको आग्रह

परम्परागत सीपलाई आधुनिकीकरण गर्दै युवा पुस्तालाई आकर्षण गर्न  बिश्वकर्माको आग्रह
0 0
Read Time:3 Minute, 50 Second

बुटवल । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीको चौथो साधारणसभा तथा तेस्रो अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।
साधारणसभामा संघका अध्यक्ष सुभाष परियारले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा बोल्दै प्रमुख अतिथि तथा रुपन्देही क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सिलाई व्यवसायीको हकहित र संघको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन सक्दो पहल गर्ने बताए । उनले सिलाई व्यवसायीहरुमा परम्परागत सीपलाई आधुनिकीकरण गर्दै युवा पुस्तालाई आकर्षण गर्नुपर्ने बताउँदै व्यवसायीले संस्थाको विकासका लागि संघसंस्था राज्यसंग समन्वय गरी अघि बढ्नु पर्नेमा जोड दिए ।

संघका सल्लाहकार तथा महासंघका केन्द्रीय प्रथम उपाध्यक्ष रामकुमार रणपालले बोल्दै व्यवसायीहरु एकजुट भएमा मात्रै संस्थाको विकास सम्भव भएको बताए । उनले सिलाई पेशा सम्मानको व्यवसाय भएकाले यसमा आवद्ध सबै व्यवसायीहरु सफल भएको बताए । त्यस्तैगरी परियार सेवा समाज रुपन्देहीका अध्यक्ष तथा महासंघका विशिष्ट सदस्य लोक बहादुर नेपालीले बोल्दै कोरोनाले थला परेका व्यवसायी पछिल्लो समय आर्थिक मन्दीले झनै मारमा परेको बताए । उनले सिलाई व्यवसायीमा आवद्ध सदस्यहरुको हितलाई मध्यनजर गर्दै महासंघले विभिन्न कार्यक्रम गर्ने समेत बताए ।

त्यस्तैगरी कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा सल्लाहकार सरोज गौतमले बोल्दै सिलाई व्यवसायीहरु एकजुट हुनुपर्ने बताउँदै नवनिर्वाचित टिमलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष सुवर्ण कुमार परियार, तिलोत्तमा नगर अध्यक्ष प्रेम परियार, बुटवल नगर अध्यक्ष राजेन्द्र प्रसाद यादव, महासंघका पूर्व केन्द्रीय सदस्य सुशिला श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य निरा कुमारी पाण्डेलगायतले बोल्दै सिलाई पेशालाई निरन्तरता दिन र व्यवसायीहर एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संघका रुपन्देही सल्लाहकार रामकुमार रणपाल महासंघको केन्द्रीय प्रथम उपाध्यक्षमा र महासंघको विशिष्ट सदस्यमा निर्वाचित लोक बहादुर नेपालीलाई संघले सम्मान गरेको छ । त्यस्तैगरी संघमा आवद्ध शाखाहरु बुटवल, तिलोत्तमा , देवदह, सैनामैना र शुद्धोधन शाखालाई समेत सम्मान गरिएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष रमेश कुमार आब्जुको स्वागत मन्तव्यमा कार्यक्रमको सञ्चालन महासचिव सन्जित बुढाप्रितीले गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %