धराशायी हुने अवस्थामा पुगेको होटेल व्यवसाय क्षेत्र 

धराशायी हुने अवस्थामा पुगेको होटेल व्यवसाय क्षेत्र 
2 0
Read Time:4 Minute, 51 Second

शिव राज पोख्रेल 

२०७१ सालको चैतमा सम्झन मन लाग्यो त्यति बेलाको चहलपहल सम्झँदा त्यो अवस्था । ०७२ सालको भूकम्प पछिको व्यापार सुस्ताउँदै गएको  छ।  
केही चहलपहल सुरु मात्रै के भएको थियो फेरि विश्व महामारी कोभिडबाट आक्रान्त भयो। अब केही गर्न सकिएला कि भन्ने झिनो आसा लिएर व्यवसाय लाई निरन्तरता दिन बाध्य होटेल व्यवसायीहरू यति वेलाको यो चैतसम्म आई पुग्दा पनि सरकारले ठोस निर्णय गर्न सकेको छन्।
सरकारको नीति तथा कार्यक्रमबाट असहयोग महसुस गरी मन खिन्न गरी व्यवसाय गर्न बाध्य छन् व्यवसायी। विशेष त होटेल व्यवसायीलाई समाजले हेर्ने नजर समेत सकारात्मक छैन ।
त्यसो त  देशको अर्थतन्त्र मा करिब २५ प्रतिशत राजस्व सङ्कलन गरी सरकारको ढुकुटी भर्ने काम गरेका होटेल व्यवसाय क्षेत्र सरकारको नीति तथा कार्यक्रम वाट समेत उपेच्छित भएको छ । 

चुनौतीहरू
होटेल व्यवसायीलाई हाल आएर व्यवसायमा अनेक चुनौती हरू थपिएका छन् । जस्तै सरकारी नियमनकारी संस्थाबाट विभिन्न धम्की तथा त्रास आउने गरेको छ। त्रास लिएर व्यवसाय गर्ने बाध्य देखिन्छन् व्यवसायी।
सरकारलाई कर तिरेर व्यवसाय गर्दा समेत विभिन्न बाहानमा दण्ड तथा जरिवाना तिर्न बाध्य छन्।
व्यवसायमा दर्तादेखि कम्पनीलाई प्रदान गरिने अन्तःशुल्क इजाजत पत्र भ्याट र पान लाई खुल्ला गरिरहनु र  व्यवस्थित गर्ने न सक्नु नै मुख्य चुनौती बनेको छ ।
जसको कारण व्यवसायीहरू आ-आफूभित्र लडाइँ गरी कम नाफामा समेत कारोबार गर्नु बाध्य छन् । यसले व्यवसाय र व्यवसायी धारा शाही हुने अवस्थामा रहेर व्यवसाय बन्द समेत हुन थालेका छन्।
यस्तो अवस्थामा व्यावसायिक सङ्घमा चुनावी लडाई गरी व्यापारीले तिरेको करको धजिया उडाउने बाहेक व्यापारीलाई कुनै राहतको महसुस भएको मैले देखेको छैन।

यसरी हुन सक्छ समाधान
व्यवसाय लाई प्रोत्साहन गर्न हालको सरकारी नीति लाई परिवर्तन गर्नु पर्दछ ।
व्यवसायलाई मर्यादित गर्न सरकारी निकायले व्यावसायिक तालिम तथा कर प्रशिक्षण लाई देश व्यापी कार्य योजना ल्याउनु पर्छ।
होटेल व्यवसायीलाई हेर्ने सरकार को नजर लाई परिवर्तन गरी अन्य व्यवसायी सरह हेर्नू पर्दछ ।
व्यवसाय धेरै भएको कारण केही समयको लागि नयाँ व्यवसाय दर्ता प्रक्रिया रोकिनु पर्दछ।
एक पालिका एक टुरिजम क्षेत्र घोषणा गरी मनोरञ्जन का अनेकौँ योजना ल्याउनु पर्छ।
भारतको खुल्ला सिमाना बाट भएको राजस्व छली लाई अनुगमन गरी आवश्यक कारबाही तथा डन्ड जरिवाना गरिनु पर्छ 
विभिन्न साना तथा ठुला होटेल व्यवसायीहरूलाई करको दायरामा ल्याई दर्ता नभएका ठेला पसल ,किराना पसल  चोक का गल्ली गल्ली मा मदिरा बिक्री वितरण र बन्द गरिनु पर्छ ।
होटेल व्यावसायिक लाई होटेलको मूल्याङ्कन गरी सहुलियत दरमा ऋण उपलब्ध गराउनु पर्छ।
अन्ततः सरकारका स्थानीय निकाय, पालिका,प्रदेश सरकार र सङ्घीय सरकारले प्रत्येक स्थानीय निकायमा तथा पालिका स्तरमा पर्यटकीय स्थलको व्यवस्था गरी अन्य ठाउँबाट अवलोकन गर्न आउने वातावरण सिर्जना गर्नु पर्ने हुन्छ 
संस्था भित्रै आन्तरिक लडाई को अन्त्य हुनु जरुरी छ।
यो मेरो नितान्त निजी बिचार हो। 
(लेखक पोख्रेल बुटवल-५ नेपालगन्ज रोडमा रहेको होटेल होलिडेका सञ्चालक हुन।)

Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %