समान अवस्था र विशेषता भएका शहरहरुका बीचमा विकासका लागि साझेदारी आवश्यक: नगर प्रमुख पाण्डेय

समान अवस्था र विशेषता भएका शहरहरुका बीचमा विकासका लागि साझेदारी आवश्यक: नगर प्रमुख पाण्डेय
0 0
Read Time:1 Minute, 44 Second

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समान अवस्था र विशेषता भएका शहरहरुका बीचमा विकासका लागि साझेदारी आवश्यक रहेको बताएका छन ।
भारतको नयाँ दिल्लीमा आयोजित एशियाली देशका शहरहरुका मेयरहरुको सम्मेलनमा बोल्दै प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिका एशियाका उत्कृष्ट शहरहरुको अनुभव र उपलब्धिलाई अंगाल्दै समृद्ध शहर बन्ने गरी काम गर्न इच्छुक रहेको बताएका हुन्। उनले एशियाली मुलुकका नगरहरुको समान विकासका लागि एकआपसमा सहकार्य गर्न जरुरी रहेको बताए ।
उनले अबका शहरहरुको विकास भौतिक विकासमा मात्रै केन्द्रित नभइ मानव संसाधनको विकास र रोजगार सिर्जनामा केन्द्रित हुनुपर्ने बताए ।
उनले बुटवलले मानव संसाधनका क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन र खपतमा ध्यान दिएको भन्दै अरु मुलुक र नगरहरुबाट थप अनुभव लिएर काम गर्ने बताए । उनले बुटवलमा पीपीपी मोडलमा केही सफल अभ्यासहरु भइरहेको र यसले अन्य शहरहरुलाई सिकाइ हुनसक्ने बताए ।
प्रमुख पाण्डेयले बुटवल धेरै जिल्लाबाट बसाइ सरेर आएकाहरुको शहर भएकाले बुटवलको विकास र आवश्यकता असीमित रहेको बताए । उनले सम्मेलनमा सहभागी नगरका प्रमुखहरुलाई बुटवल भ्रमणको निम्तो पनि दिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %