ड्रिम ग्रुपले सातै प्रदेशमा आउटलेट खोल्ने, मनायो १३ औं बार्षिक उत्सव
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र २०, २०७९
- 253 Shares
-
बुटवल । ड्रिम ल्याण्ड गोल्ड रिर्सोट एण्ड होटल प्रालिको १३ औं बार्षिक उत्सव तथा कर्मचारी सम्मान गरिएको गरिएको छ । ड्रिम ल्याण्ड गोल्ड रिर्सोट मणिग्राममा भएको कार्यक्रममा अध्यक्ष गोपाल राना, सञ्चालक विष्णु बहादुर थापा, सञ्चालक गिता थापा, ड्रिम ल्याण्ड गोल्ड रिर्सोट एण्ड होटलका जनरल म्यानेजर लक्ष्मण खड्का लगायतको सहभागीतमा कर्मचारी सम्मान गरिएको हो ।
रिर्सोटमा कार्यरत कर्मचारीहरू मध्ये विभिन्न विधामा १८ जना कर्मचारीहरूलाई सम्मान सहित प्रमाणपत्र वितरण गरिएको थियो । साथै १३ औ बर्षिक उत्सवको अवसरमा केक काटेर सेलिब्रेसन गरिएको हो ।
रूपन्देहीमा स्थापनाभई होटल व्यवसायमा चेन विजनेशको सुरुवात गरेको गरेको ड्रिम ग्रुपले प्रदेशका सात वटै राजधानीमा नयाँ आउटलेट खोल्ने योजना बनाएको छ । अहिलेको विषम परिस्थतिको कारण केही समय ढिला भएपनि आउटलेट खोल्ने योजना अभियानकै रूपमा अगाडी बढ्ने बताएका छन् । हाल ड्रिम ग्रुप अन्र्तगत ड्रिम ल्याण्ड गोल्ड रिर्सोट मणिग्राम र बुटवलमा बुटिक होटलको रूपमा ड्रिम ईन्टरनेशनल होटल सञ्चालनमा आएको लेखा प्रमुख दिपेन्द्र सिङ जि सी ले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा