द्वन्द्वको कारण व्यक्तिमा स्वार्थ उत्पन्न

राजकुमार घिमिरे
द्वन्द्व संघर्ष र स्वार्थ, विचार वा सिद्धान्तहरूको लडाई हो। समाजमा द्वन्द्व सधैं पाइन्छ; हुनेगरेका छन् द्वन्द्वको आधार फरक मत हुन्छ । द्वन्द्व गम्भीर असहमति र तर्क हो। मानिसहरु आफुले भनेको कुरा ठिक हुनु पर्छ भन्ने तानासाही ब्यवहार (मेरो गोरुको बारै टक्का ) जस्ताको जड कारणले नै स्वार्थपनको रुप देखिएको छ। परिवारमा हामीले, तपाइले, उसले, तिमिले, उहाँले, के गर्यौ, के खायो, कहाँ गयौ, कति पैसा कमायौ, कुन सामाग्री पायौ, उसले के गर्यो, भन्ने कुराको नकरात्मक वा सकरात्मक रुप नै हो । कुनै कुराको सकारात्मक हुनु भनेको यसको सत्यता वा शुद्धताको पूर्ण रूपमा आश्वस्त हुनु हो। निश्चित, आत्मविश्वास र निश्चित सकारात्मक सोच नै नकरात्मक तनाबलाई कम गर्न सकिन्छ भने यसरी द्वन्द्वलाई घटाउन मद्धत गर्दछ ।
दाजुभाई भाईमा ,व्यक्ति व्यक्ति, शाथी शाथी वा समूह समूहमा द्वन्द्व किन हुन्छ भन्ने निर्णय गर्न सक्ने क्षमताको अभाव, लोभ र लालचा ,सल्लाह दिने ब्याक्ती आफु स्वार्थपन, आफ्नो घरको समस्या समाधान गर्न नसक्ने अर्काको घरमा आगो लगाउन सकने क्षमताबान बिद्त ब्यक्तित्व, काम नभएर घरबिगार्न महान, अर्काको कुरा सुन्ने,धन सम्पत्तीको धाग लगाउने, मिलेको परिवार भित्र रिस राग गर्ने र परिवार समाज भित्र राम्रो प्रभावकारी सञ्चार नभएको कारणले ब्याक्तिमा स्वार्थ बढेर समस्या बढेको पाइन्छ । ९० प्रतिशत राष्ट्र, समाजमा परिवारमा सिकोको रुपमा बिकृती सबै परिबारजन्यमा भएको देखिन्छ तर यसमा सोझा सोझी परिवारलाई महरा बनाएर फाइदा कमाउने धन्धा समेत हुने गरेको पाइन्छ।
समाजमा यसरी क्षणिक आनन्दको रुपमा खेल खेल्ने केहि परिवारजन सामाजिक भावना राख्ने ब्याक्तित्वहरु राजनैतिक ब्यक्तित्वहरु अझै पनि यथास्थितिबादीको सज्ञां दिइएको हुन्छ । यसलाई सकरात्मक अभिब्याक्ति प्रस्तुत गर्दे सधैं मुस्कुराउने अवसरहरू दिनु पर्छ, र दैनिक जीवनमा माया दयाको कार्यहरू प्रस्ताव गर्नुपर्छ ।समाज तथा घर परिवारमा यो गरे उ गरे अरुले केहि गरेनन भन्ने भनाइले गर्दा हिजोको दिनमा भएका दुख बिर्सेर आजको दिनमा आफ्ना परिवार भुल्ने मान्छेको सम्मान आदर्शमा ठेस लाउने गतिबिधिले म मात्र राम्रो अरु नराम्रो, त्यस्तै गर्न नसक्ने भनाईले समाजमा निरन्तरता नभएको दिगोपनको रुप बिर्सेको छ । आफ्नो अनुहार सधैं घाममा राखेर छायाहरू सकरात्मक बाटो तपाईंको पछि लाग्न सक्न्ने बनाउने त्यस बाटोमा पुग्यो भने समस्याको समाधान गर्न सकिन्छ भने यसको लागी स्वार्थ त्याग पहिलो गर्नु पर्दछ ।
जब द्वन्द्वमा तिनीहरूको गम्भीर असहमति भएको छ र अझै सम्म सहमतिमा पुगेको छैन।द्न्द्व एक संघर्ष वा विरोध हो। यदि तपाईं र तपाईंको सबैभन्दा मिल्ने साथी दुवै एउटै व्यक्तिसँग प्रेममा पर्छन् भने, तपाईंले समाधान गर्न केही तरिका बाट खोज्नुपर्दछ । द्वन्द्व · एक लडाई, लडाई, वा संघर्ष, विशेष गरी लामो संघर्ष; झगडा हो ।
विवाद; झगडा: दलहरू बीचको विवाद कार्यको असहमति, भावना, … व्यक्ति, समूह वा देशहरू कडा रूपमा असहमत वा गम्भीर तर्कमा संलग्न भएको अवस्था हो ।समाजमा अन्याय परेको मानिस हाम्रा आखाँको अगाडि देखेका छौ । तर हामी जो दुखमा परेको देखिन्छ तर हामी उसलाई सहयोग गर्देनो किनकी समाजको आखाँमा गल्ति गर्ने मानिसहरुले आदर्सबादको ढोकामा समाजलाई धुलो छर्ने काम त्याहाँ अगाडी भइसकेको हुन्छ। मानवता, तटस्थता, समानताको भावना राख्दैनो किनकि उसले अगाडी नै नकरात्मक सोचको ब्याख्यात्मक अवधारणा वकालत गरिसकेको हुन्छ ।
मानब जिवन सगँ झुटको खेति गरी फाइदा लिने दिने कार्य गरेको हुन्छ । समयले मानबलाई सत्य केबल दिगोपन रहन्छ भन्ने थाहा पाउदाँ पाउदै सत्यताको पाठलाइ भुलेर असत्यलाई पैसामा किन्न पछाडी नपर्ने यि हातहरुले द्वन्द्वको सृजनात्मक सफलताले लाभन्वित बनाइसकेको हुन्छ त्यैसेले द्वन्द्वलाइ प्रश्रय दिनु भनेको स्वार्थ ब्यक्ति जसले आफ्नो घर पनि नबनाउन दाजुभाईमा द्वन्द्व सिर्जना गर्ने अरुको घरमा गुठबन्दिको राजनैतिक सामाजिक अभियन्तामा सकरात्मक सोचको उल्टो नकरात्मक बनि सियो जुम्रा उडुस कहाँ कति छ भनि खोजिनिति गर्ने परम्पराले परिवार समाजमा आगो ठोस्ने कार्य भएको पाइन्छ। यहि कारणहरुले गर्दा एक हिंसात्मक स्थिति र द्वन्द्वलाई विचार प्रक्रिया, मनोवृत्ति, चासो, आवश्यकता र भिन्नताबाट उत्पन्न व्यक्तिहरू बीचको द्वन्द्वको रूपमा लिइएको छ।
(लेखक घिमिरे लुम्बिनी प्रदेशका सुचना ब्यवस्थापन अधिकृत हुन।)
लेखकको सम्वन्धमा