विष्णु पौडेलको अपिल– नीति, नेतृत्व र कार्यशैली फेरौँ

विष्णु पौडेलको अपिल– नीति, नेतृत्व र कार्यशैली फेरौँ
0 0
Read Time:1 Minute, 47 Second

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न अपिल गरेका छन् ।

रुपन्देही क्षेत्र नम्बर–२ मा उमेदवार बनेर पराजित भएका पौडेलले सोमबार (फागुन २५) विज्ञप्तिमार्फत विगतमा पार्टीका तर्फबाट भएका गल्ती, कमजोरीको गम्भीर समीक्षा र जनअपेक्षाअनुसार आफैँलाई रूपान्तरण गर्न आग्रह गरेका छन् ।

उनले लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत भएर आफूले रुपन्देही–२ का मतदाताको फैसलालाई सहर्ष स्वीकार गर्ने बताएका छन् ।

उनले निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवारलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । यो क्षेत्रका जनताका अपेक्षाअनुरूप उत्कृष्ट कार्य गर्ने तथा रुपन्देहीको विकास र समृद्धिको यात्रालाई अझै उचाइबाट अगाडि बढाइने आशा समेत गरेका छन् ।

“यस निर्वाचनमा मलाई विश्वास गरेर मतदान गर्नुहुने र आआफ्नो विश्वासका आधारमा घण्टी, रुख, तारा वा अन्य चुनाव चिह्नमा मतदान गर्नुहुने मतदाता महानुभावहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु,” उनले भनेका छन् । रासस

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %