सैनामैना–७ मा नेपाली काङ्ग्रेस वडा कार्यालय ०७९ निरन्तर चलिरहेको छ, प्रचार कार्यालयमा रुख र चारतारे झन्डा पेन्टिङ

सैनामैना–७ मा नेपाली काङ्ग्रेस वडा कार्यालय ०७९ निरन्तर चलिरहेको छ, प्रचार कार्यालयमा रुख र चारतारे झन्डा पेन्टिङ
0 0
Read Time:1 Minute, 13 Second

बुटवल। सैनामैना–७ मा नेपाली काङ्ग्रेसको पार्टी कार्यालय २०७९ सालदेखि निरन्तर सञ्चालनमा रहेको जानकारी वडा उपसभापति शिवराज पोख्रेलले दिएका छन्। उनका अनुसार कार्यालय नियमित रूपमा खुला रहँदै आएको छ र संगठनात्मक गतिविधि अविच्छिन्न रूपमा अघि बढिरहेका छन्।

वडा सभापति टिकाराम उप्रेतीले पनि वडा तहको पार्टी संरचना सक्रिय रहेको बताए। उनका अनुसार वडा कार्यालय सञ्चालनसँगै कार्यकर्ताहरूको टोली निरन्तर रूपमा टोल–टोलमा पुगेर घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ। उनले कम्तीमा ६ जनाभन्दा बढी कार्यकर्ता नियमित रूपमा जनसम्पर्क अभियानमा खटिने गरेको उल्लेख गरे।

स्थानीय तहमा संगठन सुदृढीकरण, मतदाता भेटघाट र जनसम्पर्क विस्तारलाई प्राथमिकता दिँदै पार्टीले अभियानलाई निरन्तरता दिएको नेताहरूले बताएका छन्।

Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
50 %
Surprise
Surprise
0 %