तिलोत्तमा गोल्ड कप : आज अन्तिम सेमिफाइनल, चर्च ब्वाइज र मच्छिन्द्र भिड्दै

तिलोत्तमा गोल्ड कप : आज अन्तिम सेमिफाइनल, चर्च ब्वाइज र मच्छिन्द्र भिड्दै
0 0
Read Time:1 Minute, 15 Second

बुटवल । जारी २३ औं संस्करणको तिलोत्तमा गोल्ड कपमा आज अन्तिम सेमिफाइनल खेल हुँदै छ । बुटवल–११ स्थित एन्फाटेक्निकल सेन्टरमा आज दिउँसो ३ बजे हुने खेलमा फाइनल प्रवेशका लागि मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड क्बले प्रतिस्पर्धा गर्न छन् ।

आजको विजेता समुहले उपाधिका लागि विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफले बुधबार भएको पहिलो सेमिफाइनलमा संकटा एफसीलाई पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । उले संकटा एफसीलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

रुपन्देही जिल्ला फुटबल संघको आयोजना र बुटवल उपमहानगरपालिकाको संरक्षक रहेको प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १२ लाख १२ हजार २ सय २२ रुपैयाँ र दोस्रो टोलीले ६ लाख ६६ हजार६ सय, ६६ रुपैंयाँ प्राप्त गर्नेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %