अटाे व्यवसायी महासंघकाे अध्यक्षमा चितवनका गाेपाल भट्टराइ, रुपन्देहीबाट काे काे परे?

अटाे व्यवसायी महासंघकाे अध्यक्षमा चितवनका गाेपाल भट्टराइ, रुपन्देहीबाट काे काे परे?
0 0
Read Time:3 Minute, 31 Second

बुटवल । अटो मेकानिक्स व्यवसायी महासंघको १५ औं साधारण सभा तथा छैठौं महाधिवेशनबाट चितवनका गोपाल भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। नव निर्वाचित अध्यक्ष भट्टराई चितवनका पुराना अटो व्यवसायी हुन् ।

महासंघको बरिष्ठ उपाध्यक्ष कुल बहादुर नेपाली, उपाध्यक्षमा ज्योति भण्डारी, टिकादत्त अधिकारी, ज्ञान बहादुर फौदार क्षेत्री, मातृका सापकोटा रहेका छन् ।यसैगरी, महासचिवमा इन्द्र त्रिपाठी, कोषाध्यक्षमा बाबुराम आचार्य र सचिवमा तुल्सीराम न्यौपाने रहेकाे निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत सालिकराम बन्जाडेले जानकारी दिए ।

सदस्यहरूमा पुजा गैरे, मिनराज भुसाल, बाबुलाल पाण्डे, रत्नराम बन्जारा, दिलीप पाठक, सन्तोष कुमार मिश्र, सानुमान जलारी, अमृत सिंह वाइवा, रामबहादुर लोहोनी र रबिन रेग्मी रहेका छन्। उपाध्यक्ष भण्डारी, कोषाध्यक्ष आचार्य, सचिव न्यौपाने र सदस्यहरु पाण्डे, गैरे र भुसाल रुपन्देहीका व्यवसायी हुन् ।

अधिवेशनमा निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत सालिकराम बन्जाडे, सदस्य दामोदर खनाल र यम प्रसाद भुसालको टिमले निर्वाचन कार्य सम्पन्न गर्नुका साथै नव निर्वाचित पदाधिकारीहरूलाई सपथ ग्रहण गराएका थिए ।

नवनिर्वाचित अध्यक्ष भट्टराईले अहिले बनेको कार्यसमिति समावेशी भएको बताउँदै संस्थाको उद्देश्य र साथीहरूको भावना अनुसार विगतका राम्रा कामलाई आत्मसात् गर्दै अगाडि बढ्ने बताए । चितवनमा अटो ल्याण्ड निर्माणमा जोड दिने बताउँदै उनले आफ्नो ३ वर्षको कार्यकालमा इतिहास कोर्ने प्रतिबद्धता जनाए ।
अटो क्षेत्रमा सम्भावना रहेको जानकारी दिँदै नव निर्वाचित अध्यक्ष भट्टराईले संस्थालाई साथीहरूको साथ सहयोगमा नयाँ ढंगले अगाडि बढाउने कुरामा जोड दिए ।

साधारण सभा तथा अधिवेशनको चितवन अटो मेकानिकल व्यवसायी संघका संस्थापक अध्यक्ष झलक बहादुर श्रेष्ठले उद्घाटन गर्दै अटो क्षेत्रको विकासका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए । उनले अटो ल्याण्ड निर्माणमा जोड दिनुपर्ने बताउँदै अटो व्यवसायीले सर्वसुलभ, गुणस्तरीय सेवा र सुविधा दिन आवश्यक रहने सुझाव दिए । नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष जनार्दन गैरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %