अमृतको नेपालकै नमुना महा अभियान १ लाख बिध्यार्थीको माझमा

बुटवल । मार्च २० – “Happy Mouth is a Happy Mind” भन्ने नाराका साथ यस वर्ष बिश्वभर बिश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ। यो दिवसले स्वस्थ मुख नै समग्र स्वास्थ्यको आधार हो भन्ने सन्देश दिन्छ। यही अभियानलाई अघि बढाउँदै बुटवलस्थित आधुनिक समाज डेन्टलका आरडिएच अमृत भुसालले आफ्नो अथक परिश्रम र समर्पणद्वारा स्वास्थ्य सङ सम्बन्धि तथा केन्द्र सरकार प्रदेस सरकार तथा स्थानिय सरकार पनि मुख स्वाअथ्य बारे चासो बढ्न थालेको देखिन्छ ।
गत वर्ष मात्र उनले लुम्बिनी प्रदेशभर करिब १ लाख बालबालिकालाई निशुल्क मुख स्वास्थ्य शिक्षा प्रदान गरेका थिए। उनले विभिन्न विद्यालय, सामुदायिक केन्द्रहरू, र दुर्गम गाउँहरूमा पुगेर सही ब्रस गर्ने तरिका, मुख स्वच्छ राख्ने उपाय, तथा मुख स्वास्थ्यको दीर्घकालीन फाइदाबारे जानकारी गराएका थिए।
दाँतको उपचार भन्दा सुरक्षा महत्वपूर्ण
अमृत भुसालले भने, “दाँतको उपचार गर्नु भन्दा सुरक्षामा ध्यान दिनु अझ महत्त्वपूर्ण हुन्छ।” गलत खानपान र खराब दिनचर्याका कारण लाखौं मानिस मुख सम्बन्धी समस्याले ग्रस्त छन्। मीठा परिकार, चिनीजन्य पदार्थ, कार्बोनेटेड पेय पदार्थ, र अस्वस्थकर खानेकुराले दाँत कमजोर बनाउँछ। यस्तो अवस्थामा, “खाना पछि बिहान र बेलुका सही तरिकाले ब्रस गरौं” भन्ने सन्देश नै सबैका लागि मार्गदर्शक बन्न सक्छ।
मुख स्वास्थ्य र खानपानको सम्बन्ध
मुख स्वास्थ्यलाई सुदृढ बनाउन हामीले खाने खानामा पनि विशेष ध्यान दिनुपर्छ। फलफूल, हरियो सागपात, दुग्धजन्य पदार्थ, र प्रशस्त पानी पिउनु दाँतका लागि लाभदायक हुन्छ। त्यस्तै, अत्यधिक चिनी भएका पदार्थ, फास्ट फुड, र अम्लीय पेय पदार्थहरूको अत्यधिक सेवनले दाँत बिगार्न सक्छ।
अमृत भुसालको योगदान र प्रतिबद्धता
मुख स्वास्थ्य अभियन्ता अमृत भुसालको प्रयासले धेरै बालबालिकालाई जागरूक बनाएको छ। उनको निरन्तर अभियानले समाजमा मुख स्वास्थ्यप्रति सचेतना बढाएको छ। स्थानीय सरकार, विद्यालय, र समुदायले उनको कार्यको प्रशंसा गर्दै उनलाई विभिन्न अवसरहरूमा सम्मानित गरेका छन्।बिश्व मुख स्वास्थ्य दिवसको अवसरमा, उनले सबैलाई मुख स्वास्थ्यको ख्याल गर्न, नियमित रूपमा ब्रस गर्न, स्वस्थ खानेकुरा रोज्न, र दन्त स्वास्थ्यकर्मीसंग समय-समयमा परामर्श गर्न आग्रह गरेका छन्।
लेखकको सम्वन्धमा