चर्चाका समाचारहरु

बुटवलमा दोस्रो मिडिया सम्मेलन हुँदै, विज्ञले बहस गर्ने

बुटवलमा दोस्रो मिडिया सम्मेलन हुँदै, विज्ञले बहस गर्ने
0 0
Read Time:4 Minute, 41 Second

बुटवल। रुपन्देहीको बुटवलमा मिडिया सम्मेलन हुने भएको छ । दुई दिनसम्म आयोजना हुने सम्मेलनमा मिडियाहरुमा अवसर र सम्भावको खोजी गर्ने लक्ष्य राखिएको छ । यस्तै, सञ्चार माध्यमहरुका समस्या र चुनौती बारे पनि वृहत अन्तरक्रिया हुनेछ । यो दोस्रो संस्करणको मिडिया सम्मेलन हो ।

प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबारदेखि सम्मेलन हुनेछ । पत्रकारिता क्षेत्रमा विशिष्ठ योगदान दिएका व्यक्तिहरु र विज्ञहरु सहभागी गराएर सम्मेलन गर्न लागिएको हो । सम्मेलनलाई सातवटा सत्रमा विभाजन गरी विभिन्न विषयमा अन्तरक्रिया गरिने अध्यक्ष नवराज कुँवरले बताए । आयोजकले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी यसकारे जानकारी दिएका हुन् ।

उनका अनुसार सम्मेलनको सुरुमा उद्घाटन सत्र हुने छ भने त्यसलगत्तै दोस्रो सत्रमा ‘परम्परागत मिडियाः आजको अवस्था, भोलिको बाटो’ विषयमा छलफल गरिने छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले योत्र सत्रमा प्रस्तुती राख्नेछन् । त्यस्तै छापा माध्यम, किन र कसका लागि ? भन्ने विषयमा छलफल हुने छ । जसमा आर्थिक अभियान दैनिकका प्रधान सम्पादक मदन लम्साल र सौर्य दैनिकका प्रधान सम्पादक बोधराज त्रिपाठीको प्रस्तुती रहने छ ।

सम्मेलनमा ‘के अनलाइन पत्रकारिता सधैका लागि हो ?’ भन्ने विषयमा छलफलका लागि अनलाइन खवरका धर्मराज भुसाल र बाह्रखरी मिडियाका प्रतिक प्रधानले प्रस्तुती राख्ने कार्यतालिका छ । यसैगरी ‘किन फस्टाउन सकेन विज्ञापन बजार ?’ भन्ने विषयमा छलफल हुने छ । जसमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको प्रस्तुती रहने छ ।

सम्मेलनमा ‘अनेक संस्थाः नियमन कि नियन्त्रण ?’ भन्ने विषयमा छलफल हुने छ । जसमा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का र गीत संगीत रोयल्टी संकलन समाजका सुरेश अधिकारीले प्रस्तुती राख्ने छन् भने सम्मेलनको सातौं सत्रमा ‘सम्बन्धः पत्रकार र पत्रकार महासंघकोः के भयो ? के हुँदैछ ?’ भन्ने विषयमा छलफल हुने छ । जसमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, पूर्व अध्यक्ष विपुल पोखरेल र दैनिक लुम्बिनीका सम्पादक शेरबहादुर केसीको प्रस्तुती रहने छ ।

विज्ञहरुका प्रस्तुतीपछि संक्षिप्त प्रश्नोत्तर समेत गरिने अध्यक्ष कुँवरले जानकारी दिए । उनले मिडिया सम्मेलनले सञ्चारमाध्यमहरुको विद्यमान अवस्था, अव गर्नुपर्ने काम र भावी कार्यदिशा तय गर्ने गरी सम्मेलनले ठोस कार्ययोजना बनाउने बताए । संघका उपाध्यक्ष विष्णु भुसालले यो सम्मेलन मिडियाको भविष्यका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

मिडिया सम्मेलनले सञ्चारमाध्यमले आगामी दिनमा तय गर्नुपर्ने विषयवस्तुबारे स्पष्ट मार्गनिर्देश गर्ने अपेक्षा गरिएको संघका सचिव माधव नेपालले बताए । उनले सम्मेलनमा रेडियोहरुको विषयमा छुट्टै प्रस्तुती नराखिए पनि सहभागी विज्ञहरु नै रेडियो सञ्चालक समेत भएकाले एफएम रेडियोका समस्या पनि उजागर हुने विश्वास व्यक्त गरे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %