पाल्पाको शहीद क्याम्पस रामपुरमा हवाइफायर

पाल्पाको शहीद क्याम्पस रामपुरमा हवाइफायर
0 0
Read Time:2 Minute, 8 Second

वुटवल । पाल्पाको रामपुर नगरपालिकास्थित शहीद बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणनाको क्रममा विवाद उत्पन्न भएपछि मध्यरातमा हवाइफायर भएको छ ।

विवादका कारण उक्त क्याम्पसको मतगणना पनि स्थगित भएको छ । मंगलवार निर्बाचन सकिएपछि मतगणना सुरु भएपछि विवाद उत्पन्न भएको थियो । विवादको कारण लगायतका बिषयमा बिस्तृत बिबरण भने प्राप्त हुन सकेको छैन ।

मतगणनाको क्रममा विवाद आएपछि आक्रोशित भिड क्याम्पस परिसरमा प्रवेश गरेको थियो । क्याम्पस परिसर भित्र नाराबाजी, हुल हुज्जत हुन थालेपछि स्थितीनियन्त्रणमा प्रहरीले मंगलवार राती १२ बजे तिर हवाई फायर समेत गरेको छ ।

मतगणना स्थलको सुरक्षा र झडपको स्थिति सृजना हुन नदिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले बताएका छन् ।

मंलबार शान्त वातावरणमा मतदान प्रक्रिया सकिए सगै साँझबाट मतगणना सुरु भएको थियो । मतगणनाको क्रममा विवाद उत्पन्न भई असहज परिस्थिति सृजना भएपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत त्रिविक्रम खनालले जनाएका छन् ।

खनालका अनुसार, स्थगित भएको मतगणना कार्यलाई सुचारु बनाउन सर्वपक्षीय छलफकालागि पहल भैरहेको छ । अहिले क्याम्पसमा सुरक्षा व्यवस्था थप कडाइ गरिएको छ । क्याम्पसमा भएको मतदानमा कुल ७ सय १५ मतदातामध्ये ५ सय ७१ मत खसेको थियो । ४ सय ७४ मत गणना भइसकेपछि विवादका कारण राती १० बजे देखि मतगणना रोकिएको हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %