चर्चाका समाचारहरु

प्रधानमन्त्री कपः पुलिसको लगातार छैठौं जित

प्रधानमन्त्री कपः पुलिसको लगातार छैठौं जित
0 0
Read Time:2 Minute, 27 Second

भैरहवा। स्पिनर ललितनारायण राजवंशीले ५ तथा फाष्ट बलर गुल्शनकुमार झाले ४ विकेट एवं कप्तान दीपेन्द्रसिंह ऐरीको विष्फोटक अर्धशतकको सहयोगमा प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैठौं जित निकाल्न सफल भएको छ । पुलिसले गण्डकी प्रदेशलाई ७ विकेटले हराएको हो ।

बुधवार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा ९३ रनको झिनो लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । पुलिसको जितमा कप्तान दीपेन्द्रले २३ बलमा ३ चौका र ६ छक्कासहित सर्वाधिक ५४ रन जोडे । उनले २२ बलमा अर्धशतक पूरा गरेका थिए । ओपनर अर्जुन साउद ४५ बलमा १८ रनमा नटआउट रहे । कुशल भुर्तेलले रनको खाता नखोल्दा दिलिप नाथ १० रनमा नटआउट रहे । गण्डकीका लागि विपिन खत्री र सुवास भण्डारीले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २३.२ ओभरमा ९२ रन बनाउँदा अलआउट भएको थियो । गण्डकीका युवा ओपनर अर्जुन कुमालले ४८ बलमा ८ चौकासहित सर्वाधिक ४८ रन जोडे । रोहित चन्द र सुवास भण्डारी समान १०–१० रनमा आउट भए । गण्डकीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसका ललितले पिएम कपमा लगातार ५ विकेट हात पारे । उनले ५.२ ओभरमा ७ रन खर्चिएर ५ विकेट लिए । यसअघि ललितले एपीएफविरुद्ध ६, मधेशविरुद्ध ५ तथा सुदूरपश्चिमविरुद्ध ६ विकेट लिएका थिए । गुलशन झाले ४ विकेट लिए । खेलमा ४ विकेट लिएका गुल्शनकुमार झा प्लेयर अफ द म्याच बने ।

पुलिस खेलेको सबै ६ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा यथावत छ । गण्डकी समान खेलमा २ अंकमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %