चर्चाका समाचारहरु

अर्घाखाँचीमा मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु

अर्घाखाँचीमा मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु
0 0
Read Time:1 Minute, 43 Second

अर्घाखाँची। लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सन्धिखर्कस्थित टुँडिखेलमा मंगलबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले उद्घाटन गरे । प्रतियोगिता उद्घाटन हुनुअघि बाजागाजासहित झाँकी र र्याली निकालिएको थियो । चैत ८ गते प्रतियोगिताको समापन गरिने छ ।

प्रतियोगितामा ११ जिल्लाका खेलाडी भाग लिएका छन् । भलिबल खेलमा प्रथम हुनेलाई १ लाख नगदसहित ट्रफी र मेडल, त्यस्तै द्वितीय पुरस्कार ६५ हजार, तृतीय पुरस्कार ३५ हजार, सान्त्वना पुरस्कार १५ हजार दिइने प्रदेश खेलकुद परिषद् लुम्बिनीले जनाएको छ ।

सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र उत्कृष्ट ६ विधामा जनही ५ हजार रुपैयाँ प्रदान गरिने प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमले जानकारी दिए । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %