चर्चाका समाचारहरु

प्रधानमन्त्री कपः इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती विजयी

प्रधानमन्त्री कपः इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती विजयी
0 0
Read Time:2 Minute, 52 Second

भैरहवा। प्रधानमन्त्री कपमा पुरुष एकदिवसीय क्रिकेटमा इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको हो ।

मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल बनाएको थियो । बागमतीका ओपनर इशान पाण्डेले सर्वाधिक ६९ रन जोडे । उनले ८२ बलमा ६ चौका प्रहार गरे । दोस्रो विकेटका लागि शुभ कंसाकारसँग इशानले ९० रनको महत्वपूर्ण साझेदारी गरे । शुभ ५१ बलमा ९ चौकाको सहयोगमा ५२ रनमा आउट भए ।

विपिन आचार्य ४२ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६३ रन जोड्दै नटआउट रहे । नवौं विकेटका लागि विपिनले रिजन ढकालसँग मिलेर नटआउट ७६ रनको साझेदारी गरेका थिए । रिजन २४ बलमा ३ चौकाको सहयोगमा २३ रनमा नटआउट रहे । विवेक राना मगर ३७ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३४ रन बनाउँदै आउट भए । कप्तान पृथु बाँस्कोटा १६ तथा ओपनर आशुतोष घिरैया १४ रनमा आउट भए ।

गण्डकीका लागि अर्जुन कुमालले ४ तथा विपिन खत्री र सुवास भण्डारीले समान २–२ विकेट लिए । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अलआउट भयो ।

गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक ५५ रन जोडे । उनले ९० बलको सामना गर्दै ४ चौका प्रहार गरेका थिए । ओपनर समिर कंडेलले ५१ बलमा १ चौकाको सहयोगमा २६ रन जोडे । अमृत गुरुङ २० तथा कमल परियार र दीपक डुम्रे समान १९–१९ रनमा आउट हुँदा सुवास भण्डारी १८ रनमा नटआउट रहे ।

बागमतीका लागि ब्याटिङमा अर्धशतक बनाएका तथा प्लेयर अफ द म्याच भएका इशान पाण्डेले ४ विकेट लिए । पिएम कप डेब्यु खेल खेलेका साकार गजुरेलले २ तथा सूर्य तामाङ, रिजन ढकाल र गौतम केसीले समान १–१ विकेट लिए । जितसँगै बागमती ५ खेलमा ४ अंक जोड्दै छैठौं स्थानमा उक्लिएको छ । पराजित गण्डकी ५ खेलमा २ अंकका साथ आठौं स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %