पीएम कपमा आज तीन खेल हुँदै, लुम्बिनीले बागमतीको सामना गर्ने

पीएम कपमा आज तीन खेल हुँदै, लुम्बिनीले बागमतीको सामना गर्ने
0 0
Read Time:1 Minute, 34 Second

वुटवल । जारी पीएम कपमा आज तीन खेल हुँदै छन् । कोशी प्रदेश र गण्डकी प्रदेशबीच हुँदै एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा बिहान ९ बजेदेखि खेल शुरु हुनेछ ।

जारी प्रतियोगितामा कोशी प्रदेशले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेको छ भने गण्डकी प्रदेशले ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ ।

त्यस्तै आज अर्को खेल एपीएफ क्लब र कर्णाली प्रदेशबीच हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा एपीएफले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने कर्णाली प्रदेशले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

त्यस्तै आज अर्को खेल लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच देउखुरी क्रिकेट स्टेडियममा बिहान ९ बजेदेखि खेल शुरु हुँदै छ । जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने बागमती प्रदेशले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %