होलीमा कपालको हेरचाह: सावधानी र त्यसपछिको स्याहार

मोहन ठाकुर
होली रंगको पर्व हो, रमाइलो गर्ने र साथीभाइ, परिवारसँग खुसी साट्ने दिन हो। तर, होली खेल्दा प्रयोग गरिने रासायनिक रंगहरूले हाम्रो कपाललाई गम्भीर असर पार्न सक्छ। त्यसैले, होली खेल्नुअघि उचित सावधानी अपनाउनुका साथै खेलिसकेपछि राम्रो स्याहार गर्नु अत्यन्त जरुरी छ।
होली खेल्नु अघि अपनाउनु पर्ने सावधानीहरू:
तेल लगाउने: होली खेल्न जानु अघि कपालमा नरिवल, Olive वा Almondको तेलले राम्ररी मसाज गर्नुहोस्। यसले कपालको तन्तु (cuticles) लाई सुरक्षित राख्छ र रंग कपालमा अडि्रहन दिँदैन।
कपाल बाँध्ने: यदि तपाईंको कपाल लामो छ भने हल्का टाईट वाध्नुहोस् , जुडा वनाएर पनि वाध्न सकिन्छ । यसले कपाललाई रंगबाट जोगाउन मद्दत गर्छ साथै रंगलाई कपालको जरा सम्म पुग्न दिदैन ।
स्कार्फ वा टोपी लगाउने: यदि सम्भव छ भने कपाललाई पूर्ण रूपमा ढाक्नको लागि हल्का स्कार्फ वा टोपी लगाउनुहोस्, जसले प्रत्यक्ष रंगको सम्पर्कवाट कपाललाई जोगाउन्छ ।
अमोनिया-फ्री हेयर प्रोडक्ट प्रयोग गर्ने: यदि तपाईं रंग लगाउने योजनामा हुनुहुन्छ भने अमोनिया-फ्री र सौम्य उत्पादनहरू प्रयोग गर्नुहोस्, ताकि कपाललाई दोहोरो क्षति हुनवाट जोगाअोस्।
हेयर स्प्रे वा सिरम लगाउने: सिलिकनवेस हेयर सिरम वा स्प्रेले कपालको सतहमा सुरक्षा तह बनाउँछ, जसले गर्दा रंग सीधै कपालमा पस्न पाउँदैन।
होलीपछि कपालको हेरचाह (Aftercare):
पहिले सुख्खा कपाल सफा गर्ने: होली खेलेपछि सिधै पानीले कपाल नधुने। सुक्खा कपाललाई राम्रोसँग झट्कारेर र नरम टावेलको साहायताले रंग हटाउने प्रयास गर्नुहोस्।
हल्का श्याम्पु प्रयोग गर्ने: नरम Sulfate-Free श्याम्पु प्रयोग गरेर कपाल सफा गर्नुहोस्। कडा श्याम्पुले कपाललाई झन् सुख्खा र कमजोर बनाउन सक्छ।
तातो पानी होइन, चिसो वा मनतातो पानी प्रयोग गर्ने: तातो पानीले कपालको प्राकृतिक तेल हटाइदिन सक्छ, जसले गर्दा कपाल झन् ड्राई हुन्छ।
डीप कन्डिसनिङ र हेयर मास्क लगाउने: होली खेलिसकेपछि कपाल ड्राई र फ्रिजी हुन सक्छ, त्यसैले घरमै बनाएको (Curd, Honey, Aloe Vera मिसाइएको) मास्क वा प्रोफेशनल हेयर मास्क लगाउनुहोस्।
तेल मालिस गर्ने: कपालमा नरिवल वा अरगन तेल मसाज गरेर कपाललाई पुनर्जीवित गराउने प्रयास गर्नुहोस्।
कपाल नतोड्ने र हल्का रूपमा सुकाउने: होलीपछि कपाल धेरै कमजोर हुन सक्छ, त्यसैले तौलियाले जोडले घोट्नुको सट्टा हल्का पुछेर प्राकृतिक रूपमा सुकाउनुहोस्।
होलीको रंगीन मजा लिँदा हाम्रो कपाललाई सुरक्षित राख्न सकिन्छ, यदि सही सावधानी अपनाइयो भने। खेल्नु अघि राम्रो तेल लगाउने, कपाललाई सुरक्षित राख्ने उपायहरू अपनाउने, र खेलिसकेपछि उचित स्याहार गर्ने हो भने कपाल स्वस्थ रहन्छ। यस वर्षको होली सुरक्षित र रमाइलो बनाऔं, कपाललाई माया गरौं!
होलीको धेरै शुभकामना!
लेखकको सम्वन्धमा