बुटवल बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिको कार्यालयमा संयुक्त विद्यार्थी संगठनद्वारा तालाबन्दी

बुटवल बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिको कार्यालयमा संयुक्त विद्यार्थी संगठनद्वारा तालाबन्दी
0 0
Read Time:2 Minute, 13 Second

बुटवल । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर बुटवल बहुमुखी क्याम्पसमा विवाद चुलिएको छ। क्याम्पस प्रशासन र निर्वाचन समितिले अपारदर्शी रूपमा मतदाता नामावली प्रकाशन गरेको भन्दै सात विद्यार्थी संगठनहरूले संयुक्त रूपमा विरोध जनाएका छन्।

संगठनहरूका अनुसार मतदाता नामावलीमा ४०१ जना अवैध मतदाता समावेश गरिएको छ। साथै, स्ववियु कोषको आर्थिक पारदर्शिता नहुँदा अनियमितताको आशंका पैदा भएको, स्ववियु कार्यक्रमहरू एकल विद्यार्थी संगठनलाई केन्द्रित गरेर सञ्चालन गरिएको, र निर्वाचन समितिले मनोमानी निर्णय लिएको आरोप उनीहरूले लगाएका छन्।

यी विषयहरूमा पटक–पटक छलफल भए पनि समाधान नआएको भन्दै नेपाल विद्यार्थी संघ, अखिल (समाजवादी), नयाँ शक्ति विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन(क्रान्तिकारी), नेपाल मगर विद्यार्थी संघ, अखिल क्रान्तिकारी बहुमत, र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन ले संयुक्त रूपमा तालाबन्दी गरेका छन्।

संयुक्त संगठनहरूले निष्पक्ष निर्वाचनको माग गर्दै, सहमति बिना तालाबन्दी खोल्ने प्रयास गरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन्। विद्यार्थी हकहित र शैक्षिक संस्थामा पारदर्शिता कायम गर्न आवश्यक पहल नभए थप संघर्ष गर्ने उनीहरूको घोषणा छ।

विद्यार्थी संगठनहरूले निष्पक्ष र पारदर्शी निर्वाचन प्रक्रिया सुनिश्चित नभए थप आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %