क्यान रुपन्देहीको बिटुसी समिटको प्रवर्द्धकमा बुटवल उपमहानगरपालिका
बुटवल । क्यान महासंघ रुपन्देही ले यहि फागुन २६ र २७ गते बुटवलमा आयोजना गर्न लागेको क्यान बिटुसी समिट २०२५ को प्रवर्द्धकमा बुटवल उपमहानगरपालिका रहने भएको छ।
बुधबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयलाई क्यान रुपन्देहीका पदाधिकारीले छलफल तथा आवश्यक सहयोगको बारेमा कुराकानी भएको क्यान रुपन्देही सचिव सुरेशचन्द्र भट्टराईले लुम्बिनी प्रेसलाई जानकारी दिए।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ रुपन्देही जिल्ला शाखाले २०८१ फागुन २६ र २७ गते बुटवल स्थित सिद्धर्थ काटेज को सभाहलमा आयोजना गर्न लागेको क्यान बिटुसी समिट २०२५( सुचना प्रबिधी पर्दर्शनी २०८१) को आवश्यक तयारीमा जुटिरहेको क्यान रुपन्देही अध्यक्ष जीवन अधिकारीले बताए।
संयाेजक तथा वरिष्ठ उपाध्यक्ष विरबहादुर क्षेत्रीले विगतमा क्यान इन्फाेटेक गर्दै आएकोमा अहिले नयाँखालकाे कार्यक्रम ल्याएकाे बताए ।
कार्यक्रममा विश्व वजारमा उपलब्ध आधुनिक उपकरण हरुका उत्पादक कम्पनी र आपूर्तिकर्ताहरु एकै छानामुनी रहेर अत्याधुनिक प्रबिधिका वारेमा आम जनमानसमा जानकारी दिनेछन भने सो कार्यक्रममा निशुल्क प्रवेशको प्रबन्ध गरिएको छ ।
क्यान महासंघ रुपन्देहीका सचिव भट्टराईले आइटी सम्बन्धि अध्ययन गरेका विद्यार्थी र व्यवसयीहरुलाई लक्षित हुनेगरी बुटवलमा यो कार्यक्रम सुरु गरिएको र करिब ५ हजारले अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।

लेखकको सम्वन्धमा