गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा ६ हजार बढी यात्रुको आवागमन
- लुम्बिनी प्रेस संवाददाता
- फाल्गुन २०, २०८१
- 269 Shares
-
भैरहवा। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १ महिनामा ६ हजार ७ सय ७९ यात्रुको आवागमन भएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार सन् २०२५ को फेब्रुअरी महिनामा कुल ११५ उडान अवतरणमार्फत ६ हजार ७ सय ७९ यात्रुको आवागमन भएको हो । यसमध्ये फ्लाई दुबईबाट २ हजार ४ सय ३, जजिरा एयरवेजबाट ३ हजार २ सय ६५ र थाई एयर एसियाबाट १ हजार ९७ यात्रुको आवागमन भएको थियो ।
त्यस्तै नेपाल एयरलाइन्सका १ र अन्य १३ चार्टर उडानबाट २११ जना विदेशी यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा ४ हजार ४० ट्रान्जिट यात्रुले हवाई यात्रा गरेका थिए ।
महाप्रबन्धक तिवारीका अनुसार विमानस्थलमा नोभेम्बर २०२४ बाट उडान भए यता फेब्रअरी महिनामा यात्रुको आगमन अहिलेसम्मकै धेरै हो । जनवरी २०२५ मा १ हजार ३ सय ६५, डिसेम्बर २०२४ मा ३ हजार ८ सय ७८ र नोभेम्बर २०२४ मा ४ हजार २ सय ७९ यात्रुको आवागमन भएको थियो ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा