कांग्रेस महाधिवेशन तोकिएको मिति भन्दा दायाँबायाँ गर्न मिल्दैन: अर्जुननरसिंह केसी
Read Time:1 Minute, 1 Second
बुटवल । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशन तोकिएको मिति भन्दा दायाँबायाँ गर्न नमिल्ने बताएका छन् ।
प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रम बोल्दै केसीले १५औँ महाधिवेशन निर्धारित समयभित्रै गरिनुपर्ने बताए ।
उनले महाधिवेशन ०८२ भित्र नगरेर ढिलाइ गर्दा ०८४ को निर्वाचनमा पार्टीको नतिजा प्रभावित हुने जिकिर गरे । पार्टीलाई विधान अनुसार चलाउन पनि तोकिएको मितिमै चुनाव हुनुपर्ने उनको धारणा छ ।
उनले निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त नहुने र यसले पार्टीको वैधानिक अस्तित्वमा नै सङ्कट आउने बताए।

लेखकको सम्वन्धमा