शारिरिक सुगठन प्रतियोगिताका उपाधिमा रोयल जिमको दरिलो दाबी
तेस्रो मिस्टर उजिरसिंहको उपाधि रोयल जिमका रानालाई
बुटवल । पछिल्लो समय रुपन्देहीमा भएका शारीरिक सुगठन प्रतियोगिताहरूमा उपाधि विजेताको लागि बुटवल छ अमर पथ सिंह कम्प्लेक्समा रहेको रोयल जिम एन्ड फिटनेसले दरिलो दाबी गर्न थालेको छ।
बुटवलमा भइरहेका विभिन्न प्रतियोगिताहरूमा फिटनेसबाट खेलाडीहरू सहभागी हुनुका साथै विजेताहरू समेत आइरहेको हुँदा फिटनेसको उपाधिमा दरिलो दाबी छ भन्न सकिन्छ।
बुटवलमा सम्पन्न तेस्रो मिस्टर उजिरसिंहको उपाधि बुटवल ६ अमर पथ सिंह कम्प्लेक्समा रहेको रोयल जिम एन्ड फिटनेसका प्रतिस्पर्धीले हात पारेका छन्। रोयलका गौतम रानाले चुमेका हुन।
जितगढी किल्ला परिसरमा शनिवार राति सम्पन्न भएको तेस्रो मिस्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०८१ मा ६५ केजी तौल समूहको विजेता बन्दै रोयल जिम एन्ड फिटनेसका राना ओभर अल टाइटल आफ्नो नाम गरे ।उपाधिसँगै उनले नगद ५१ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र र व्यानेबाट पुरस्कृत भएका छन् ।
यसै गरी प्रतियोगिताको ५५ केजी तौल समूहमा रोयलकै विनोद कुमार थापा प्रथम भए। यसै गरी ६५ केजीमा रोयल जिमका गौतम राना प्रथम भए।
यस्तै गत वर्ष मात्रै तिलोत्तमामा भएको प्रथम मिस्टर तिलोत्तमा २०८० को उपाधि रोयल जिमका कुशल गुरुङले हात पारेका थिए।रुपन्देहीमा २०७९ सालमा भएको प्रथम मेन फिजिक्स २०७९ को उपाधि समेत रोयलका अखिल भण्डारीले हात पारेका थिए।
दुई प्रतिस्पर्धीले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै रोयल जिम एन्ड फिटनेसले खुसीयाली साटासाट गरेको छ। अमर पथ सिंह कम्प्लेक्समा रहेको रोयल जिम एन्ड फिटनेसका सञ्चालक मदन शर्माले फिटनेसले व्यवहारिक रूपमा प्रशिक्षण गर्दै आएको बताए।
तेस्रो मिस्टर उजिरसिंहको उपाधि विजेता गौतम रानाले सही स्थानमा भएकोले आफूले उपाधि जित्न सफल भएको बताए। उनले सिक्ने टेक्निक तथा प्रविधिको उच्चतम प्रयोगले आफूले जित हात पार्न सफल भएको दाबी गरे।
रोयल जिम एन्ड फिटनेसले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान लगायतका महत्त्वपूर्ण कार्यहरू गर्दै आएको सञ्चालन शर्माले बताए। १ करोड लगानीमा २०७५ सालमा स्थापना भएको फिटनेसमा हाल ४ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। रोयलमा बिहान र साँझको सिफ्ट गरी करिब २०० जनाले स्वास्थ्य लाभ लिइरहेको सञ्चालक शर्माले जानकारी दिए।


लेखकको सम्वन्धमा