स्थानीय सरकारका काम, प्रभाव र गुनासो सहितका खोजमूलक लेख्न सुझाब

स्थानीय सरकारका काम, प्रभाव र गुनासो सहितका खोजमूलक लेख्न सुझाब
0 0
Read Time:4 Minute, 38 Second

बुटवल। स्थानीय सरकारले गरेका काम र गर्नुपर्ने कामबारे खोजमुलक रिपोर्टिङ आवस्यक रहेकामा जोड दिइएको छ ।
स्थानीय सरकारका कामले जनतामा पारेको प्रभाव र जनताका गुनासा तथा सुझाव समेटेर मिडिया मार्फत बाहिर ल्याउन सके समाज रुपान्तरणमा सहयोग मिल्ने उनीहरूले बताए ।
समाजमा लुकेर रहेका हरेक घटनालाई उजागर गर्नुका साथै
स्थानीय सरकारले समाज रुपान्तरणमा पुर्याएको योगदानबारे पत्रकारले कलम चलाउदा समाजमा सकारात्मक सन्देश प्रवाह हुनेमा उनीहरूको जोड थियो ।

बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग र संचारिका समुह रुपन्देहीको आयोजनामा बुटवलमा आयोजित पत्रकार महिलाहरुका लागि फिचर लेखन तालीममा बोल्ने वक्ताहरुले समाजमा हुने हरेक घटनाहरुलाई सत्य तथ्य रुपमा वाहिर ल्याई समाज रुपान्तरणमा सहयोग पुर्याउनुमा महिला पत्रकारहरुको भूमीका ठुलो रहेको बताएका थिए ।

फिचर लेखन तालिमले महिला पत्रकारहरुको क्षमता अभिवद्धि गरी लेखनलाई थप उर्जा मिल्ने उनिहरुले बताए ।
तालीमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पान्डेयले स्थानीय सरकारले विभिन्न क्षेत्रमा गरेका कामले नागरिकमा परेको प्रभाव र सुझाव सहितको समाचार पस्किन आग्रह गर्नुभयो ।

प्रमुख पाण्डेले संचार क्षेत्र, खानेपानी, विद्युत, सडक, पर्यटन, आर्थिक विकास, उद्यमशिलता, शिक्षा स्वास्थ्य, रोजगार जस्ता क्षेत्रमा कलम चलाउन यो तालिमले सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले महिलालाई उत्पादनसङ्ग जोड्ने गरि कार्यक्रम संचालन गरेको बताउदै त्यसले महिलामा पारेको प्रभावबारे खोजमुलक समाचार संकलन गर्न आग्रह गर्नुभयो । उपमहानगरले महिलालाइ सीप सिकाएर आत्मनिर्भर बनाउने, सम्मान गरि हौसला दिने लगाएतका काम गर्दै आएको बताउनुभयो ।

तालीममा सहजीकरण गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विकास, सेवा प्रवाह र सुशासन सम्बन्धमा भएका कामबारे जानकारी गराउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत बुटवल उप–महानगरपालिका
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रेस विज्ञ सिपी खनाल तालिमको सहजिकरण गर्दै फिचर लेखनले महिला पत्रकारहरुलाई आत्म निर्भर बनाउन सहयोग गर्ने बताउनु भयो ।

तालीममा सहजीकरण गर्दै बुटवलउपमानगरपालिकाका प्रेस विज्ञ सिपी खनालले स्थानीय तहका काम, कर्तव्य र अधिकार तथा समाचारका विषयबारे जानकारी गराउनुभयो ।

कार्यक्रमका संचारिका समुह रुपन्देहीका अध्यक्ष निरा गौतमले संचार जगतमा रहेर बुटवल लामो समयदेखि पत्रकारितामा कलम चलाउदै आएका महिला पत्रकारको सिप तथा क्षमता विकास गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा सस्थाका उपाध्यक्ष मिना ढकाल, महासचिव अस्मिना पाण्डे लगाएतले बोल्दै संचार माध्यममा पत्रकार महिलाहरुलाई टिकाई राख्नका लागि क्षमता वृद्धि कार्यक्रम आवस्यक रहेको बताउनुभयो ।
रुपन्देहीका ३० जना पत्रकार महिला सहभागी रहेको तालिम पस्चात सहभागीले बुटवल उपमहानगरले गरेका कामका विषयमा खोजमुलक फिचर तयार पार्ने र उनीहरूलाई लेखनबृत्ती प्रदान गरिने सस्थाले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %